Successfully Copied

व्रत बस्दा के खाने ?

तीजको अघिल्लो दिन खाइने दरमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । बढी चिल्लो, पिरो तथा सुख्खा खाना खाइएको छ भने व्रतको दिन असहज हुन्छ ।

रेनुका शाह, गृहिणी

  • तीजको व्रतमा अक्सर महिलाहरू केही नखाई बस्नुपर्छ भन्ने प्रचलित मान्यताअनुसार चल्छन् तर निराहार व्रत बस्दा शरीरलाई असर पर्ने भएकाले हलुका खाना खानु उपयुक्त हुन्छ ।
  • तीजको अघिल्लो दिन खाइने दरमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । बढी चिल्लो, पिरो तथा सुख्खा खाना खाइएको छ भने व्रतको दिन असहज हुन्छ ।
  • व्रतको दिन निराहार बस्दा बेहोस हुने, रिंगटा लागेर ढल्ने समस्या आइपर्ने भएकाले बिहानको आरती वा पूजा सकिएपछि काँडापानी, दूध वा जुस खाए दिनभर व्रत बस्न गार्‍हो हुुँदैन ।
  • बेलुकीको आरती गरेपछि फलफूल, जुस वा आफूलाई मन लागेको कुनै सात्विक भोजन ग्रहण गर्न सकिन्छ ।

 Image