Successfully Copied

मिस लिम्बू इन्टरनेसनल २०१६ का लागि २७ जना

आगामी असोज १२ गते ग्राण्ड फिनाले तय गरिएको यो प्रतियोगिताका लागि राजधानी शहर र धरानमा गरिएको अडिसनबाट फाइनल प्रतिस्पर्धाका २७ जना युवती चयन गरिएका छन् ।

लिम्बू समुदायका युवतीहरु लक्षित जातिय सौन्दर्य प्रतियोगिता मिस लिम्बू यो पटक चौथौं संस्करणसम्म आइपुग्दा ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल २०१६’ का रुपमा परिमार्जित भएको छ । आगामी असोज १२ गते ग्राण्ड फिनाले तय गरिएको यो प्रतियोगिताका लागि राजधानी शहर र धरानमा गरिएको अडिसनबाट फाइनल प्रतिस्पर्धाका २७ जना युवती चयन गरिएका छन् । याक्थुङ युथ एसोसिएसनको संचालन हुने यो प्रतियोगिता ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारा सहित आयोजना हुने भएको छ । 

आयोजक पक्षका अनुसार ‘मिस लिम्बु इन्टरनेशनल’ मा शीर्ष विजेता हुनेले ताजसहित नगद ५० र एक लाख बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन् भने फस्ट रनरअपले ताजसहित नगद २५ हजार र ५० हजार बराबरको गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअपले पनि १५ हजार नगदसहित विभिन्न ३० हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने उल्लेख गरेको छ । लिम्बू भाषा, कला तथा संस्कृतिको प्रवद्र्धन एवं लिम्बू समुदायका युवतीमा लुकेको प्रतिभालाई जनमानस समक्ष प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता भएकाले प्रतियोगीलाई सम्बन्धीत क्षेत्रका विज्ञबाट पनि प्रशिक्षण दिइनेछ । प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गर्नेछिन् । 

 Image