Successfully Copied

काजु चिकेन करी

पहिले कुखुराको मासुलाई छाला निकालेर टुक्रा गरी साइडमा राख्ने ।

सामग्री  : 

चिकेन (छाला निकालेर पिस गरेको) १ केजी, आधा पिस नरिवल, ५–१० पिस पोटी लसुन, १ टुक्रा अदुवा, १० ग्राम धनियाँ, १५ ग्राम जिरा गेडा, २–३ पिस सुकमेल, २–३ पिस दालचिनी, एउटा प्याज ठूलो खालको काटिएको, २ सय ग्राम काजु, नुन स्वादअनुसार, ३ ठूलो चम्चा तेल, १ ठूलो चम्चा धनियाँ (काटिएको) ।

विधि  :

पहिले कुखुराको मासुलाई छाला निकालेर टुक्रा गरी साइडमा राख्ने । सबै मसलालाई फ्राई प्यानमा हल्का तताएर सेलाएपछि पिस्ने । काजु पनि पिस्ने । त्यसपछि फ्राई प्यानमा तेल तताउने, लसुन, अदुवा र प्याज भुट्ने अनि पिसिएको मसला हाली २–३ मिनेट भुट्ने । त्यसमा पिसिएको काजु हाल्ने । फेरि २–३ मिनेट पकाउने र काटेको मासु हाली ३–४ मिनेट पकाउने अनि एक कप पानीका साथ सानो आँचमा १० मिनेटजति पकाउने र चिकेन पाकेपछि ताजा क्रिम, धनियाँका साथ नुन हाली चलाएर निकालेपछि काजु चिकेन करी तयार हुन्छ ।

 Image