इटहरीमा इथिकल ह्याकिंग बिषयमा कार्यक्रम हुँदै
भाद्र १०, २०७३
कम्प्युटर बिज्ञान तथा सूचना प्रबिधि एसोसिएसन अफ नेपाल, पूर्वाञ्चल शाखाले यहि भाद्र ११ गते इटहरीमा इथिकल ह्याकिंगको बिषयमा जानकारीमूलक कार्यक्रम गर्दैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बिएस्सी सीएसआईटि बिषय लिएर पुर्वान्चलमा अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई लक्षित गरिएको यो कार्यक्रम सुष्मा गोदावरी कलेज, इटहरीमा आयोजना हुने भएको हो । कार्यक्रम मार्फत कम्प्युटर र इन्टरनेट सुरक्षाको लागि पुर्वान्चलमा बिद्यार्थीहरु माझ सचेतना फैलाउने उदेश्य रहेको आयोजक संस्थाका आशिष कार्किले जानकारी दिए।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्