Successfully Copied

ओठको सौन्दर्य जोगाउन

सुन्दर ओठले समग्र स्वभाव तथा व्यक्तित्वमा भएका कमी–कमजोरी हटाएर अघि बढ्न ठूलो सहयोग मिल्छ।

ओठ महिलाहरूको सबैभन्दा सुन्दर अंग मानिन्छ । सुन्दर, आकर्षक एवं गुलाबी ओठ खोलेर बोल्दा वा हाँस्दा महिलाहरूको सुन्दरता झल्कन्छ । ओठको सुन्दरतामा विशेष ध्यान पुर्‍याउन सके आकर्षक देखिने चाहना धेरै हदसम्म पूरा हुन्छ । सुन्दर ओठले समग्र स्वभाव तथा व्यक्तित्वमा भएका कमी–कमजोरी हटाएर अघि बढ्न ठूलो सहयोग मिल्छ । तीजका अवसरमा ओठको सौन्दर्य वृद्धि गरेर आकर्षक देखिन नचाहने को होलान् र ?

हिजोआज कम गुणस्तरको लिप कस्मेटिक्स तथा चुरोट सेवनका कारण धेरै महिलाको ओठ कालो हुने, फुट्नेजस्ता विविध समस्या बढ्दै गएको पाइन्छ । जसबाट सौन्दर्यमा देखिने नकारात्मक प्रभावलाई केही उपाय अपनाएर कम गर्न सकिन्छ । ओठको मेकअप भन्नेबित्तिकै ओठको हेरचार गरी सही लिपलाइनर र लिपिस्टिक प्रयोग गर्नु भन्ने बुझिन्छ । अनुहारको मेकअपलाई पूर्णता दिने काम पनि ओठको मेकअपले गर्ने भएकाले यसमा विशेष सावधानी अपनाउनुपर्छ । 

  • ओठको छाला अन्य छालाभन्दा निकै नरम र कोमल हुने भएकाले यसको सुरक्षा गर्न नरम कपडाले पुछ्ने ।
  • राति सुत्नुअघि पेट्रोलियम जेली लगाउने । 
  • गुलाबको फूलको पात पिसेर ओठमा लगाउँदा पनि ओठ आकर्षक एवं मुलायम हुन्छ । आफ्नो ओठलाई प्राकृतिक गुलाबी रंग दिन अनारको बोक्रा पिसेर गुलाब जल हाली पेस्ट बनाएर गुलाबको फूलको २–३ पत्ता मिक्स गरी ओठमा लगाउने । यो पेस्टलाई कम्तीमा पनि १५ देखि २० मिनेटसम्म राख्ने । दिनहुँ यो पेस्ट लगाउँदा कालो ओठ पनि दुई हप्तामै प्राकृतिक रूपमा फर्कन्छ ।
  • ओठको मेकअपका लागि आफ्नो ओठ कुन प्रकारको छ थाहा पाउने । माथिल्लो ओठ पातलो र तलको ओठ मोटो छ भने सही रूपमा मिलाएर अनुहार सुहाउँदो बनाउने । ओठको वास्तविक घेराभन्दा अलिकति माथिबाट लिप पेन्सिलले आउटलाइन दिने र लिपब्रसको सहायताले कोरिएको भागमा छनोट गरिएको लिपिस्टिक भर्ने । 
  • दुवै ओठ मिलेका छन् भने लिप पेन्सिलले ओठ कोरेर लिपिस्टिक प्रयोग गर्ने । 
  • लामो समय टिकाउन लिपिस्टिक लगाउनुअघि प्यानस्टिक वा फाउन्डेसन लगाउने । कुन कलरको लिपिस्टिक लगाउने हो त्यो भन्दा हल्का डार्क कलरको लिपलाइनरले ओठलाई सेप दिने र ओठको आकारअनुरूप ब्रसको सहायताले लिपिस्टिक लगाउने । लिपिस्टिकलाई लामो समय टिकाउन टिस्यु पेपरले थपथपाउने । 

ब्युटिसियन अंशु भट्टराईको मेकअप मन्त्र

 Image