Successfully Copied

मुक्त कम्लरीको समस्यामा सरकारको चासो

मुक्त कमैया सञ्जाल नामक सुदुर पश्चिममा रहेको कम्लरी–हलियाहरुको संस्थामार्फत आएका सदस्यहरुले आफ्ना समस्यालाइ सरकारले राम्ररी सम्बोधन नगरेको गुनासो ब्यक्त गरेका थिए । अनुगमन कार्यदल स्थानीयस्तरबाटै गठन गरिनुपर्ने, कम्लरी महिलाका बांसस्थान र स्वास्थ्य समस्या, जीवन गुजार्नका लागी बासको समेत ब्यवश्था नभएकाले आफुहरु नेपाली

हलिया तथा कम्लरीहरुको एक टोलीले भुमीसुधार तथा ब्यवश्था मन्त्री बिक्रम पाण्डेयलाइ भेट गरी ज्ञापनपत्र बुझाएको छ ।

मुक्त कमैया सञ्जाल नामक सुदुर पश्चिममा रहेको कम्लरी–हलियाहरुको संस्थामार्फत आएका सदस्यहरुले आफ्ना समस्यालाइ सरकारले राम्ररी सम्बोधन नगरेको गुनासो ब्यक्त गरेका थिए । अनुगमन कार्यदल स्थानीयस्तरबाटै गठन गरिनुपर्ने, कम्लरी महिलाका बांसस्थान र स्वास्थ्य समस्या, जीवन गुजार्नका लागी बासको समेत ब्यवश्था नभएकाले आफुहरु नेपाली नागरिक सरहको ब्यवहारबाट बञ्चित लगायतका समस्या लिएर मन्त्री भेटमा आएका टोलीले सरकारले दिने भनेर निर्णय गरेको २ लाख रुपैंयाले एउटा घर बन्ने जग्गा समेत नआउने बताए ।

मन्त्री पाण्डेले पहिलो चरणमा आएको उक्त रकमको प्रयोग गर्दै पुन थप माग गर्न सुझाउंदै भने– हामीले यसलाइ उचित सदुपयोग गरेनौं भने यो पनि त्यत्तिकै खेर जान्छ । भुमीसुधार मन्त्रालय जहां टेक्यो त्यही भासिने जस्तो अवश्थामा भएकाले म होशियारीका साथ पाइला चाल्ने प्रयासमा छु । एकछिन थकाइ नमारी तपाइहरुका समस्यालाइ समाधान गर्ने प्रयास गर्नेछु । भाद्र २१ गते मुक्ति दिवसका दिन पारेर सुदुरपश्चिममा मुक्त कमैया सञ्जालले बिशाल कार्यक्रमको आयोजना गर्दैछ । 

 Image