Successfully Copied

चिकेन ट्यांग्री मस्टर्ड

चिकेनको ब्रेस्ट पिस १ सय ५० ग्राम, मस्टर्ड १० ग्राम, नुन स्वादअनुसार, मरिच ५ ग्राम, लेमन जुस स्वादअनुसार,

सामग्री : चिकेनको ब्रेस्ट पिस १ सय ५० ग्राम, मस्टर्ड १० ग्राम, नुन स्वादअनुसार, मरिच ५ ग्राम, लेमन जुस स्वादअनुसार, ओनियन र गार्लिक पेस्ट ५ ग्राम, राइस आधा कप, भेज (गाजर, काउली, सिमी, क्याप्सिकन आदि), रोजमेरी थोरै ।

विधि : चिकेन, मस्टर्ड, नुन, मरिच, लेमन जुस, ओनियन, गार्लिक पेस्ट सबै मिसाएर प्यानमा ग्रिल गर्ने । राइसकुुकरमा ओरिगानो हालेर चामल स्टिम गर्ने । अर्काे प्यानमा गाजर, काउली, क्याप्सिकन तथा सिमी आदि भेजिटेबल ग्रिल गर्ने । सर्भ गर्ने बेलामा राइस अनि साइडमा भेज राखी चिकेन ट्यांग्री मस्टर्ड हाल्ने । 

ससका लागि : तेल तताएर ५ ग्राम मस्टर्ड सिरप, रोजमेरी पत्ता तथा स्वादअनुसार नुन हालेर एकछिन पकाउने । चिसो भएपछि मस्टर्ड सस तयार हुन्छ ।

(मोडल शिक्षा संग्रौलाको रेसिपि)

 Image