Successfully Copied

मटन रोगन जोस

मटन रोगन जोस खाना, चिउरा वा स्न्याक्स आदिमा खान सकिन्छ ।

सामग्री :

मटन लेग २ सय ग्राम, प्याज ३० ग्राम, गोलभेंडा ३० ग्राम, अदुवा र लसुनको पेस्ट १ चम्चा, दालचिनी, सुकमेल, तेजपत्ता आदि १० ग्राम, नुन स्वादअनुसार, जुलियन आकारमा काटिएको अदुवा १० ग्राम, मेथी ३ ग्राम, धनियाँ पत्ता गार्नेसका लागि, घिउ वा बटर २० मिलिलिटर, टोमाटो प्युरी ३० मिलिलिटर, दही वा फ्रेस क्रिम ५ मिलिलिटर, तेल आवश्यकताअनुसार ।

विधि :

पानी उमालेर दालचिनी, सुकमेल तथा तेजपत्ता हाल्ने । मटन लेग पिसलाई त्यसमै हालेर उसिन्ने । आधा पाकेपछि बाहिर निकालेर चिस्याउने । फ्राई प्यान तताई प्याज खैरो हुन्जेल भुट्ने । अदुवा, लसुनको पेस्ट, बेसार तथा नुन हाल्ने । त्यसैमा राखेर सानो आँचमा मासु फ्राइ गरेपछि टोमाटो प्युरी हाली एकछिन पकाउने । अघि मासु उसिनेको पानीलाई पनि त्यसमै खन्याउने । बाँकी मरमसलाका साथ दही वा क्रिम मिसाउने । प्यानमा घिउ वा बटर तताई मेथी पड्काउने । मटन रोगन जोस खाना, चिउरा वा स्न्याक्स आदिमा खान सकिन्छ ।

 Image