Successfully Copied

ओठको मेकअप

लिपिस्टिक लगाउनु अघि हामीले ओठमा लिप वामको प्रयोग गर्दा राम्रो हुन्छ ।

नारी सौन्दर्यलाई आकर्षक तथा सुन्दर देखाउने एक महत्वपूर्ण अंगमध्ये ओठ अगाडि नै पर्दछ, किनकी यो हाम्रो अनुहारको मध्ये भागमा हुनुपर्ने अनि त्यसमा पनि बढी चलिरहने अंग भएकाले यसमा मानिसको नजर छिटो पर्दछ, त्यसैले हामीले हाम्रो ओठलाई सुन्दर र आकर्षक राख्नु आवश्यक छ । यसका पनि विभिन्न प्रकार हुन्छन्, जस्तै पातलो ओठ, मोटो ओठ र मिलेको ओठ आदि । आमीले ओठको मेकअप गर्दा आफ्नो ड्रेसको कलरसँग म्याच गर्ने किसिमको लिपस्टिक छनोट गर्नुपर्दछ, साथै हाम्रो ओठको छाला निकै पातलो र संवेदनशील हुन्छ, तसर्थ पनि हामीले प्रयोग गर्ने लिपिस्टिक लिप लाइनर तथा लिप वामरू गुणस्स्तरीय हुनु आवश्यक छ । लिपिस्टिक लगाउनु अघि हामीले ओठमा लिप वामको प्रयोग गर्दा राम्रो हुन्छ । यसले ओठलाई नरम बनाइदिन्छ जसले गर्दा मेकअप गर्न सहज हुन्छ । लिपिस्टिक लाउनु अघि हामीले लिप नाइनरको पनि प्रयोग गर्छौ किनकी यसले लिपिस्टिकलाई आअकार दिनको साथै धेरै बेरसम्म अड्याएर राख्न मद्दत गर्दछ । 

मेकअप गर्ने विधि 

पातलो ओठ : यस किसिमको ओठ भएका महिलाहरूले मेकअप गर्दा सर्वप्रथम ओठको बाहिरी घेराबाट तल र माथि दुवैतिर लिप लाइनरले आउट लाइन तान्ने त्यसपछि आफ्नो ड्रेसलाई म्याच गर्ने लिपिस्टिकले उक्त आउट लाइनलाई ठिक्क छोप्ने गरी लगाउने । यसो गर्नाले पातलो ओठ पनि केही मात्रामा मोटो तथा मिलेको देखिन्छ । 

मोटो ओठ : यस प्रकारको ओठ भएमा महिलाहरूले मेकअप गर्दा ओठको भित्रपट्टिबाट लिप नाइनरले इन लाइन तान्ने त्यसपछि उक्त लाइनलाई कभर गर्दै लिपस्टिक लगाउने यसो गर्नाले मोटो ओठ पनि केही मात्रामा पातलो तथा सानो देखिन्छ । 

मिलेको ओठ : यस प्रकारको ओठलाई सबैभन्दा राम्रो ओठ मानिन्छ । त्यसैले यसलाई मेकअप गर्न त्यति गाह्रो हुँदैन । यस प्रकारको ओठको मेकअप गर्दा लिप लाइनर ओठको ठिक्क घेरामा मात्र लाइन तान्ने अनि त्यसलाई छोप्ने गरी लिपिस्टिक लगाउने । ओठको मेकअप गर्दा जानी राख्नुपर्ने केही अरु कुराहरू क) यदि जाडो महिना छ भने हामीले ओठको मेकअप गर्दा नयिककथ तथउभ mयष्कतगचभ युक्त को लिसिस्टिक प्रयोग गर्ने । ख) यदि गर्मी महिना छ भने :बत सुख्खा किसिमको लिपिस्टिकको प्रयोग गर्नु राम्रो हुन्छ । 

यदि विवाह तथा पार्टीहरूको लागि लामो समय सम्म मकेअप टिकाइराख्नुको लागि वाटर फ्रुफ लिपिस्टिकको प्रयोग गर्न सकिन्छ । लिपिस्टिकको कला भन्दा लिप लाइनर को कलर जहिले पनि केही गाढा हुनु पर्दछ । 

 

(सिर्जना प्रधान पोख्रेलसंगको कुराकानीमा आधारित जानकारी )

तस्विरहरु : महेश प्रधान 

 Image