Successfully Copied

अस्तित्व भए नवौं मास्टर स्टार –२०१६

नेप्लिज फेसन होमद्धरा आयोजित नवौं मास्टर स्टार २०१६ को उपाधि अस्तित्व दर्शन गिरीले जितेका छन् ।

नेप्लिज फेसन होमद्धरा आयोजित नवौं मास्टर स्टार २०१६ को उपाधि अस्तित्व दर्शन गिरीले जितेका छन् । गिरीले उपाधिसहित कम्प्युटरलगायत विभिन्न उपहार हात पारेका छन् । मंगलबार राजधानिमा आयोजित सो प्रतियोगितामा उत्तम पाठक फस्ट रनर अप र अनमोल शाही सेकेन्ड भए । 

प्रतियोगितामा अभियान काश्यपले पर्सनालिटी, अनोज खड्काले बेस्ट स्माइल, रितेश सिंहले इन्नोसेन्ट, हिरेन्द्रकुमार शाहले बेस्ट डेस उपाधि जिते । यस्तै किस्मत श्रेष्ठले चार्मि, कुलदीप केसीले डिसिप्लिन, आर्यन राइले ट्यालेन्ट र फोटोजेनिक, नवीन थपलियाले फ्रेन्डसिपको अपाधि जिते । विजेताले ट्रफीसगै विभिन्न उपहार प्राप्त गरे । 

प्रतियोगिताको निर्णायकमा पूर्वमिस नेवा: अलिशा बज्रचार्य, गायक निर्णय श्रेष्ठ, पत्रकारद्धय डब्बु क्षेत्री र झरना अधिकारी, फेसन डिजाइनर शोभा महर्जन, नृत्य निर्देशक रिया महर्जन, डा. सुस्मिता ढकाल, व्युटिसियन मञ्जु कार्की, राज खनाल थिए ।  बालकहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुतिका लागि नौ वर्षदेखि यो प्रतियोगिता गर्दै आएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

 Image