सौन्दर्य सामग्रीहरूको प्रयोग अवधि
भाद्र २७, २०७३
महिलाहरूलाई सौन्दर्य प्रसाधनप्रति रुचि हुन्छ । उनीहरू यस्ता सामग्रीहरू हम्मेसी फाल्न चाहँदैनन् । यद्यपि आफ्नो छाला, केश तथा स्वास्थ्यप्रति सजग हुँदै त्यस्ता सामग्रीहरूबाट बच्नुपर्छ किनभने कुनै पनि सौन्दर्य प्रसाधन प्रयोग गर्ने निश्चित समय हुन्छ उक्त समयसम्म त्यसलाई उपयोग गर्नुपर्छ । केही समयपछि त्यसलाई प्रयोग गर्नुभन्दा फाल्नु नै उत्तम हुन्छ । त्यसैले आफूले प्रयोगमा ल्याउने त्यस्ता सामग्रीहरूको प्रयोग गर्ने समय निश्चित गर्नुपर्छ ।
फेस मेकअप
प्रयोग अवधि
औंला तथा ब्रस प्रयोग गरी फाउन्डेसन निकाल्दा त्यसमा ब्याक्टेरिया उत्पन्न हुन्छ जसले छालामा एलर्जी हुन सक्छ । फाउन्डेसन प्रयोग गर्ने समय सकिएपछि त्यसले तेल छोड्दै जान्छ र बढी बाक्लो हुन्छ । पाउडरयुक्त फाउन्डेसनमा यो खतरा कम हुन्छ । पानी नभएका कारणले त्यसमा ब्याक्टेरिया जन्मन पाउँदैन । पाउडरमा प्रयोग हुने बोटानिकल सामग्री जस्तै एलोबेरा र जोजोबाका कारण यो कडा हुन्छ । यसलाई ब्लेन्ड गर्न गाह्रो हुन्छ । चक्का भएर फुट्न थालेपछि पाउडरको प्रयोग बन्द गर्नुपर्छ ।
मस्कारा
प्रयोग अवधि
मस्काराको ट्युब कालो गाढा रंगको हुन्छ । चिसो हुने भएकाले मस्कारामा ब्याक्टेरिया उत्पन्न हुन सक्छ । केवल पिजर्वेटिव मस्कारा लामो समयसम्म चल्न सक्छ । मस्कारा लगाउँदा ब्रस हावाको सम्पर्कमा आउँछ । त्यसैले मस्कारा सुक्न थाल्छ । नराम्रो गन्ध आएपछि मस्कारा प्रयोग गर्नु हुँदैन ।
आइलाइनर र आइस्याडो
प्रयोग अवधि
लिक्विड आइलाइनर मस्काराजस्तै ट्युबमा छ भने केही समयपछि सुक्छ । पेन्सिल आइलाइनरको आयु केही लामो हुन्छ । यसलाई प्रत्येक पटक प्रयोग गर्दा तिखार्नुपर्छ । पाउडर आइस्याडो प्रयोग गर्ने समय लामो हुन्छ तर त्यसमा पानी प्रयोग गर्नु हुँदैन ।
लिपिस्टिक तथा लिपलाइनर
सेल्फ लाइफ लिपिस्टिक, लिपग्लस एवं लिपलाइनरको प्रयोग अवधि : दुई वर्ष
वाटर कन्टेन्ट भएकाले लिपिस्टिकमा ब्याक्टेरिया उत्पन्न हुन्छ तर पनि लिपिस्टिक सुक्छ ।विशेषगरी क्रिमयुक्त लिपिस्टिक जाडोमा चाँडै सुख्छ किनभने यो त्यस्तै फर्मुलाले बनेको हुन्छ जबकि पेन्सिल लाइनर लामो समयसम्म चल्छ ।
नेल पोलिस
प्रयोग अवधि : दुई वर्ष
जब नेल पोलिस एक्सपायर हुन्छ यो इलास्टिकजस्तै देखिन्छ । यसको पाप्रा बन्छ साथै गन्ध पनि परिवर्तन हुन्छ । त्यसैले आफ्नो नङलाई बचाउन विशेष ध्यान पुर्याउनुपर्छ ।
सनस्क्रिन
प्रयोग अवधि : छ महिना
यो एक समयसम्म चल्छ । यसमा पानी र मोस्चराइजर हुने हुँदा खोल्ने र बन्द गर्ने क्रममा यसको
पानी उडेर जान्छ । त्यसैले यसलाई घामको सम्पर्कमा आउन दिनु हुँदैन । यसलाई चिसो ठाउँमा
राख्नुपर्छ ।
हेयर प्रोडक्ट
प्रयोग अवधि
स्याम्पु, कन्डिसनर र स्टाइलिङ उत्पादन आदि प्रयोग गरेपछि त्यसको बिर्को राम्रोसँग बन्द गर्नुपर्छ ।
प्रयोग अवधि :
बडी लोसन–तीन वर्ष
स्याम्पु, कन्डिसनर तथा सावर जेल–लगभग तीन वर्ष
बाथ आयल–एक वर्ष
परफ्युम–दुई वर्ष
हेयर स्टाइलिङ–तीन वर्ष
बार सोप–तीन वर्ष
सेभिङ क्रिम–दुई वर्ष
क्रिम एण्ड जेल क्लिन्जर–एक वर्ष
स्पन्ज–हप्तामा एकपटक
के गर्ने
कुनै पनि उत्पादन प्रयोग गर्दा राम्रोसँग हात धुनुपर्छ ।
मस्कारा गन्ध सुँघेर मात्र खरिद गर्नुपर्छ । एक्सपायर्ड मस्काराबाट केमिकलको गन्ध आउँछ ।
अनुहारको एक्ने वा डन्डिफोर हटाउँदा डिस्पोजेवल कटन बड प्रयोग गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्