Successfully Copied

निलको नयाँ आयाम

हेयर एण्ड ब्युटिमेकअप स्टुडियोको साथै भविष्यमा फेसन डिजाइनिङको कलेज पनि खोल्ने र नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइनिङ कोर्ष नेपालमै सिकाउन नीलडेभिडको योजना रहेको छ ।

 बिगत लामो समय देखी सौन्दर्य पेशामा आबद्ध निल डेबिड कटवाल भर्सटायल छविका साथ पुन एकपटक बजारमा प्रस्तुत भएका छन् । सेलिब्रेटी हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले काठमाडौंमा पहिलो पटक ‘ट्रंक शो’ आयोजना गर्दै अब आफू फेसन डिजाइनरको रुपमा समेत सक्रिय भएको घोषणा गरेका छन् ।

विगतमा भारतको दिल्ली ईन्टरनेशनल इन्स्टिच्यूटबाट फेसन डिजाइनिङ कोष गरेर एउटा सफल फेसन डिजाइनर बन्ने सपना देखेका नीलडेभिड आइतबार राती भैंसेपाटीस्थित आफ्नै निवासमा आफूले तयार पारेका पहिरनहरुको शो आयोजना गरेका हुन् ।

‘ट्रं्क शो’ मार्फत नीलडेभिडले आफ्ना डिजाइनरहरु नेपाली सञ्चारकर्मीमार्फत सार्वजनिक गरेका हुन् । आइतबार प्रदर्शन गरिएका पहिरनमा नीलडेभिडले पर्सियन डिजाइनहरु प्रस्तुत गरेका छन् । यी पहिरनहरु तयार पार्न नीलडेभिडले भारतको कोलकाताका स्थापित फेसन डिजाइनर अनु खेमाकासंग सहकार्य गरेका छन् । ‘एनडिके एण्ड सिफन फेसन वेयर ब्राण्ड’ अब चा“डै नै काठमाडौंमा सञ्चालन हुने नीलडेभिड कटवालले स्पष्ट पारेका छन् । 

फेसन शोकै शैलीमा डेढ दर्जन नेपाली व्यवसायिक मोडलहरुले ती पहिरनहरु प्रदर्शन गरेका हुन् । ट्रंक शोको शोजस्टरमा नायिका गौरी मल्ल तथा पूजना प्रधान रहेकी थिइन् । उनीहरुले अन्य मोडलहरुसंगै एनडिके एण्ड सिफन ब्रान्ड लगाएर ¥याम्पमा क्याटवाक गरेकी थिइन् ।

आफ्ना डिजाइनहरुको पहिलो शोमा नीलडेभिडले ओमन्स वेयरलाई प्रँथमकिता दिएका छन्, जसमा पार्टी वेयर, ब्राइडल सारी, लेहेंगा, कुर्तासहितका डिजाइनरहरु समावेश छन् । एनडिके एण्ड सिफनको अर्को फेसन शो अक्टोर १४ का दिन कोलाकाताको ताज बंगाल होटलमा सम्पन्न हुनेछ ।

नीलडेभिडले एनडिके एण्ड सिफ ब्राण्डलाई नेपालमा स्थापित परेर अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली मौलिकता लाई विशेष ध्यान दिएर नेपाली पहिरनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य लिएका छन् ।

 Image