Successfully Copied

पाँच मिनेटमै मेकअप

घरको सरसफाइ, मिठाईं बनाउने सुरसार, किनमेल तथा पूजा आदिले निकै तनाव उत्पन्न गर्छ ।

मञ्जु कार्की, मेकअप आर्टिस्ट

गल्यामर एडुकेसन व्युटि ट्रेनिङ  सेन्टर, अनामनगर विकास टावर 

दसैंमा घरमा कामको चाप हुन्छ । घरको सरसफाइ, मिठाईं बनाउने सुरसार, किनमेल तथा पूजा आदिले निकै तनाव उत्पन्न गर्छ । यस्तो बेला शृंगारका लागि निकै कम समय प्राप्त हुन्छ । मेकअपबिना दसैंको  तयारी पूरा हुँदैन । त्यसैले धेरै  समय नलगाई ५ मिनेटमै तयार हुने उपाय अपनाउनुपर्छ । आफ्नो ड्रेसिङ टेबल तथा पर्समा मेकअपका केही सामान राख्नुपर्छ । 

सनस्क्रिन 

सबैभन्दा पहिले अनुहार तथा गर्दनमा सनस्क्रिन लगाउने । सनस्क्रिनबिनाको मेकअपले घाममा मेकअप तथा छाला दुवैलाई असर पुर्‍याउँछ । अझ नुहाउनेबित्तिकै सनस्क्रिन लगाउनु उत्तम हुन्छ । सनस्क्रिन लगाएपछि मेकअप गर्नुपर्छ । 

फाउन्डेसन 

स्किन टोनसँग मिल्ने फाउन्डेसन छनोट गर्नुपर्छ । यसका लागि औंलामा फाउन्डेसन लिएर अनुहारमा फैलाउनुपर्छ । अनुहारको छाला रुखो छ भने मोइस्चराइजर मिसाएर फाउन्डेसन दल्नुपर्छ । 

पाउडर 

अनुहारको छालालाई मेल खाने कम्प्याक्ट पाउडरले मेकअप सेट गर्छ । यसलाई ब्रस तथा पफको सहायताले लगाउनुपर्छ । 

आइस्याडो 

आफूसँग आइस्याडो प्यालेट छ भने पहिरनको रंगलाई म्याच गर्ने आइस्याडो लगाउनुपर्छ । आइस्याडो सकेसम्म हलुका रंगको हुनुपर्छ । 

आइलाइनर 

आँखाको सुन्दरताका लागि आइलाइनर निकै उपयोगी मानिन्छ । यसमा गाजल स्टिक पनि प्रयोग गर्न सकिन्छ । यसले आँखा तथा मेकअप अझ राम्रो देखिन्छ । 

 

मस्करा 

मस्करालाई फैलाएर लगाउनुपर्छ । भोल्युमयुक्त मस्करा छनोट गर्नुपर्छ । 

लिपिस्टिक 

सबैभन्दा पछि लिपिस्टिक लगाउनुपर्छ । यसले मेकअपलाई पूर्णता दिन्छ । लिपिस्टिक लगाउँदा सधै ब्रस प्रयोग गर्नुपर्छ । सुरुमा लाइनरले लाइन कोरेर ब्रसले लिपिस्टिक लगाएपछि ५ मिनेटमै तयार हुन सकिन्छ। 

 Image