Successfully Copied

काजु बर्फी

काजुलाई भिजाएर मिक्स्चरमा पिसी पेस्ट बनाउने ।

सामग्री 

काजु १ केजी, चिनी ४ सय ग्राम, घिउ २ सय ग्राम, बर्क आवश्यकतानुसार ।

विधि 

काजुलाई भिजाएर मिक्स्चरमा पिसी पेस्ट बनाउने ।  चिनीलाई धूलो पारेर मिक्स गर्ने । अलिकति घिउ कराहीमा तताएर काजुको पेस्ट तथा चिनीको धूलो हालेर पकाउने । बाक्लो हुँदै गएपछि ट्रेमा खन्याउने । हल्का सेलाएपछि चलाएर चिल्लो बेल्नामा बेल्ने र बर्फीको आकारमा काट्ने । यसलाई कटिङ गर्नुअघि बर्कले सजाउन सकिन्छ । 

 Image