Successfully Copied

पहिरनअनुरूप इनरवेयर

विदाउट स्ट्रेप इनर्समा स्ट्रेप राखिएको हुँदैन ।

विद आउट स्ट्रेप : विदाउट स्ट्रेप इनर्समा स्ट्रेप राखिएको हुँदैन । यसलाई आफ्नो लङ गाउन, सुट वा ब्लाउजसित लगाउन सकिन्छ । यो इनर्स युवतीहरूबीच निकै लोकप्रिय छ । स्ट्रेपलेस, ड्रेसभित्र लगाउने इनरका रूपमा सबैभन्दा बढी प्रयोग गरिन्छ । त्यसबाहेक यिनलाई कोर्सेट, हल्टर नेक वा बस्टियर जस्ता परिधानमा पनि लगाउन सकिन्छ । हल्का पेडेड अन्डरवायर ब्राले फिगर राम्रो सेपमा देखिन्छ । 

सिमलेस : यसलाई जर्जेट, सिफन, लाइक्राका कुर्ता, टिसर्ट वा टपका साथ लगाउन सकिन्छ । 

स्पेगेटी : युवतीहरूमा यो सबैभन्दा लोकप्रिय इनर हो । यसलाई युवतीहरू टपमुनि लगाउन रुचाउँछन् । यसलाई सलबार सुटमा पनि लगाउन सकिन्छ । यो  ब्राउन, पिंक, ग्रीन, ह्वाइट, ग्रे आदि कलरमा उपलब्ध छ । स्पेगेटी होजियारी कपडाबाट तयार हुन्छ, जसले पसिना सोस्छ र गर्मीमा आराम महसुस गराउँछ ।

ब्रड स्ट्रेप : ब्रड स्ट्रेप टाइपका इनर चौडा पट्टीयुक्त हुन्छन् । यसलाई सुट, टप एवं टिसर्टका साथ लगाउन सकिन्छ । यसलाई टपका रूपमा पनि लगाउन सकिन्छ । यो अलग–अलग रंगमा उपलब्ध छ । ब्रड स्ट्रेप इनर पनि होजियारी कपडाबाट बनाइन्छ । 

हल्टर : हल्टर इनरलाई सबैभन्दा कुल र स्टाइलिस मानिन्छ । यसका माथि दुईवटा डोरी हुन्छन्, जसलाई गलामा बाँधिन्छ । हल्टर इनरलाई टप वा नाइट सुटका रूपमा लगाउन सकिन्छ । यसलाई साडी वा ब्लाउजका रूपमा पनि लगाउन सकिन्छ । 

रेजर ब्याक : रेजर ब्याक इनर प्राय: एक्सरसाइजका समयमा प्रयोग गरिन्छ । यो गर्मीका लागि आरामदायक हुन्छ । यसलाई साधारण टपका लागि प्रयोग गर्न सकिन्छ । यसलाई सिम्पल सुट, कोलरयुक्त सुट वा सर्टमुनि पनि लगाउन सकिन्छ । यो विभिन्न रंगमा उपलब्ध छ । 

अटेच्ड विद ब्रा : यो इनर वेयरका साथमा अटेच्ड हुन्छ । यो होजियरी र वायलका कपडामा पाइन्छ । होजियरी र वायल दुवै प्रकारका कपडाले पसिनालाई राम्रोसँग सोस्छन् र पसिनाबाट हुने एलर्जीबाट जोगाउँछन् । यो इनर सुट लम्बाइअनुरूप फरक–फरक रंगमा पाइन्छ । 

पुसअप ब्रा : फेसनेबल कपडा वा इभिनिङ वेयरमा डिप नेक हुने भएकाले राम्रो फिगर तथा बस्टलाई दर्शाउने राम्रो ब्रा हो–यो । यसमा बस्टको केही भाग माथिबाट झल्किन्छ ।

पेडेड ब्रा : जसको वस्ट साइज सानो छ उनीहरूका लागि यो ब्रा बेस्ट अप्सन हो । साधारणतया हल्का बस्टलाई उभार्न यसको प्रयोग हुन्छ । टिसर्ट जस्ता पहिरनका लागि हल्का पेडेड अन्डरवायर ब्रा उपयुक्त हुन्छ । यसबाट फिगरमा निखार आउँछ । 

स्ट्रेपले : डिप नेकयुक्त टपका लागि यसको प्रयोग उत्तम हुन्छ । यसमा स्ट्रेपलेस ब्रा विद वायर वा विदाउट वायरको विकल्प रहन्छ । 

मिनिमाइजर : यो हेवी बस्ट लाइन कम गर्नका लागि हो अर्थात् जसको बस्ट साइज ठूलो हुन्छ, उनीहरूका लागि यो ब्रा उपयुक्त हुन्छ । 

जेल ब्रा : यो ब्राले नेचुरल लुक प्रदान गर्छ । यसलाई कोर्सेट वा बस्टियरका रूपमा लगाउन सकिन्छ  । 

फर्म फिटेड ब्रा : यो सी साइजभन्दा बढी साइज भएकाहरूका लागि उपयुक्त हुन्छ । यसमा कपडाको स्ट्रेप हुन्छ जसले बस्टलाई सपोर्ट प्रदान गर्छ । यसमा पछाडितर्फ इलास्टिक हुन्छ । 

नयाँ–नयाँ विविधता 

अन्डरवायर ब्रा : यस प्रकारको ब्राका लागि दुवै कपको मुनि सपोर्टिङ वायर अर्थात् तार हुन्छ । 

पेडेड प्यान्ज : यस प्रकारको ब्राले बस्टलाई नजिक ल्याउँछ र क्लिवेज सिर्जना गर्छ । 

पेडेड बेलकोनेट ब्रा : यसलाई हाल्फ कप पनि भनिन्छ, यसले ब्रेस्टलाई लिफ्ट गर्छ । 

टिसर्ट ब्रा : यो ब्रालाई टाइट कपडामा प्रयोग गरिन्छ । 

स्ट्रेपलेस ब्रा : यो स्ट्रेपलेस कपडामा उपयुक्त हुन्छ । 

मल्टी वे ब्रा : यसलाई पाँच तरिकाले लगाउन सकिन्छ । स्ट्रेपलेस, हल्टरनेक, रेसर ब्याक, वन–सोल्डर्ड र रेगुलर ।

मेटरनिटी ब्रा : यो स्तनपान गराउने महिलाहरूका लागि उपयुक्त हुन्छ । यसको कपमा बाहिरतर्फ बोर्डर हुन्छ र त्यसमाथि सही अर्थमा कप, जसमा बेल–झो वा एडजस्टेबल बटनका माध्यमबाट स्ट्रेप नजिक लगाइन्छ । स्तनपान गराउँदा त्यसलाई हटाइन्छ ।

 Image