Successfully Copied

धेरै खानबाट कसरी जोगिने ?

मीठा खानेकुरा देखेर मुखबाट पानी आउन थाल्छ । यद्यपि धेरै खानबाट जोगिनुपर्छ किनभने खानामा बढी रुचि भए स्वास्थ्यमा असर पर्न सक्छ । कुनै पनि खानेकुरा ठिक्क मात्रामा खानुपर्छ ।

मीठा खानेकुरा देखेर मुखबाट पानी आउन थाल्छ । यद्यपि धेरै खानबाट जोगिनुपर्छ किनभने खानामा बढी रुचि भए स्वास्थ्यमा असर पर्न सक्छ । कुनै पनि खानेकुरा ठिक्क मात्रामा खानुपर्छ । 

थोरै खाने 

दिनभरमा एउटा मिठाईं खानुपर्छ । बिहान एउटा, दिउँसो तथा बेलुकी थप एक–एकवटा मिठाईं खानु भने स्वास्थ्यका लागि हानिकारक हुन्छ । पाहुना बनेर कतै जाँदा पनि धेरै पटक मिठाईंको अफर गरे नम्रतापूर्वक अस्वीकार गर्नुपर्छ । 

बाँडेर खाने

चाडपर्वमा सबैको घरमा मासु, मिठाईं, रोटी तथा लड्डु आदि खान दिइन्छ । यस्ता कुरा बिहान–साँझ वा जुनसुकै बेला खानुहुँदैन । यस्ता खानेकुरा आफूले मात्र खानुभन्दा साथीभाइ वा आफन्तबीच 

बाँडेर खानुपर्छ । यसो गर्दा बढी खानबाट जोगिन सकिन्छ । 

बिस्तारै खाने 

आफूलाई मन परेको खानेकुरा तथा मिठाईं देखेर कन्ट्रोल नभए पनि आफैंलाई नियन्त्रणमा राख्नुपर्छ । कुनै पनि चीज बिस्तारै खानुपर्छ । यसो गर्दा खानाको स्वाद मात्र होइन सन्तुष्टि पनि प्राप्त हुन्छ । 

सन्तुलन गर्ने 

राति कुनै साथी, नातेदारकहाँ वा अन्य कुनै पार्टीमा जानु छ भने दिउँसो हल्का खाना खानुपर्छ । सूप, सलाद, दाल, दूध, दहीजस्ता हल्का खानेकुरा खानु उत्तम हुन्छ । दिनभर भोकै रहनुभन्दा पनि आफ्नो डाइटलाई सन्तुलन गर्नुपर्छ । दिनभर भोकै रहे राति बढी खाइन्छ र डाइटमा सन्तुलन कायम हुँदैन । 

साइजको ख्याल गर्ने 

खाना खाँदा धेरै भेराइटी भए सबै कुरा कम राख्नुपर्छ । यसो गर्दा आवश्यकभन्दा बढी खाना खाइँदैन । 

चकलेट, मिठाईं धेरै नखाने

मीठा खानेकुरा देखेर आफूलाई नियन्त्रण गर्न सकिँदैन । त्यसैले उपहारमा पाएको चकलेट तथा मिठाईं धेरै भए साथी, आफन्त तथा छिमेकीलाई उपहार दिन सकिन्छ । 

पानी प्रशस्त पिउने 

शरीरलाई सुख्खा हुन नदिन प्रशस्त पानी पिउनुपर्छ । कोल्ड ड्रिंक्स सेवन गर्नुहुँदैन । 

व्यायामबाट टाढा नभाग्ने 

महिलाहरू घरको सरसफाइ एवं पकाउने आदि काममा व्यस्त रहन्छन् । यसले गर्दा व्यायामका लागि समय मिल्दैन । तैपनि कामबाट केही समय निकालेर दिनमा आधा घन्टा भए पनि व्यायाम गर्नुपर्छ ।

स्मार्ट टिप्स

    डिप फ्राई स्न्याक्सको साटो रोस्टेड वा ग्रिल्ड स्न्याक्सलाई प्राथमिकता दिनुपर्छ ।

    तारेको पकौडा, मालपुवा, पुरी आदि खानुभन्दा पहिले टिस्यु पेपरमा दबाएर मात्र खानुपर्छ । यसो गर्दा टिस्यु पेपरले तेल सोस्छ ।

    कोल्ड ड्रिंक्सको साटो नरिवल पानी तथा कागती पानी सेवन गर्नुपर्छ ।

    मिठाईंको साटो ड्राइफुट्स खानुपर्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ भने शरीरलाई शक्ति पनि प्राप्त हुन्छ ।

    राति धेरै खाना खाए बिहान ब्रेकफास्टमा दलिया, पातलो खिचडी तथा सलाद खान सकिन्छ । 

    पुरी, कचौरी वा पकौडाजस्ता तारेका कुरा खानुभन्दा सुख्खा रोटी खान सकिन्छ । 

    सम्भव भए बजारबाट किनेको भन्दा घरमै बनाइएको मिठार्इं खानु उपयुक्त हुन्छ ।

 Image