Successfully Copied

दुलही बन्नुअघि छालाको हेरचाह

सातामा एकपटक सम्पूर्ण शरीरमा बडी स्क्रव लगाउनुपर्छ जसबाट मृत छाला निस्कन्छ र छालामा चमक देखा पर्छ । स्क्रबमा थोरै तेल तथा एसेन्सियल आयल पनि मिसाउन सकिन्छ ।

सातामा एकपटक सम्पूर्ण शरीरमा बडी स्क्रव लगाउनुपर्छ जसबाट मृत छाला निस्कन्छ र छालामा चमक देखा पर्छ । स्क्रबमा थोरै तेल तथा एसेन्सियल आयल पनि मिसाउन सकिन्छ । जौको आटा, सुन्तलाको सुख्खा बोक्रा, दही र बेसार मिसाएर पेस्ट बनाएपछि त्यसलाई शरीरमा लगाएर १० मिनेटपछि हल्का हातले स्क्रव गर्नुपर्छ । 

सातामा एकपटक तेल मालिस अनि हट आयल थेरापी गराउनुपर्छ । त्यसपछि तातोपानीमा टाबेल हालेर निचोरी शरीरमा बेर्नुपर्छ । यसबाट केशको जरा–जरामा तेलको माध्यमबाट पौष्टिकता प्राप्त हुन्छ । 

सातामा एकपटक नुन मिसाइएको पानीमा खुट्टा हालेर केही समय राख्नुपर्छ । फुट स्क्रबरबाट गोलीगाँठोको मृत छाला निकालेर नङ काट्नुपर्छ । अन्त्यमा फुटक्रिम प्रयोग गर्नुपर्छ । आफ्नो छालाको प्रकारअनुरूप सातामा एकपटक डिप क्लिन्जिङ गर्नुपर्छ ।

डन्डिफोर छ भने मिन्ट फेस क्लिन, सामान्य छालाका लागि फ्रुट, सुख्खा छालाका लागि एलोबेरा तथा रंगहीन एवं फुस्रो छालाका लागि लेक्टो क्लिनिङ गर्नुपर्छ । यसमा दूध–दहीबाट मुहारलाई सफा गरिन्छ र दूध–दहीबाट प्याक तयार पारिन्छ । सातामा एकपटक लिप स्क्रब पनि प्रयोग गर्न सकिन्छ । यसमा कागती, चिनी र बदामको तेल मिक्स गरी ओठमा प्रयोग गरी साहिँली औंलाले स्क्रब गरिन्छ । 

रुटिन डे केयर 

गुणस्तरीय क्लिन्जिङ मिल्क वा फेसवास, एसपीएफ ३० युक्त सनस्क्रिन आदि ब्युटी प्रोडक्टस डे केयरका लागि अत्यावश्यक हुन्छ । घरबाहिर निस्कनुभन्दा २० मिनेट पहिले यसलाई खुल्ला अंगमा प्रयोग गर्नुपर्छ । यसबाट छालालाई पर्याप्त नरमपन प्राप्त हुन्छ र छाला चम्किलो देखिन्छ । तैलीय छालाका लागि कागती र मिन्टयुक्त क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ । सुख्खा छालाका लागि बदाम, दूध र दहीयुक्त क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ । फ्रुट वा एलोबेरा फेसवास प्राय: सबै प्रकारको छाला सुहाउँदो हुन्छ । घाममा काम गरेर फर्किएपछि एन्टी व्यान प्याक प्रयोग गर्न सकिन्छ । यसका लागि सफा अनुहारमा दही र मुलतानी माटो लगाउनुपर्छ । ताजा एलोबेरा, मेवा वा टमाटरको गुदीमध्ये कुनै एउटा नेचुरल प्याक प्रयोग गर्नुपर्छ । 

  • गुलाबजल वा विच हेजलजस्ता नेचुरल स्किन टोनर फ्रिजमा स्प्रे बोतलमा राख्नुपर्छ । यसलाई एन्टी ट्यान प्याक लगाएपछि छालामा स्प्रे गर्नुपर्छ । 
  • कुनै पनि सनस्क्रिन वा मोइस्चराइजरको प्रभाव छ घन्टाभन्दा बढी रहँदैन तसर्थ अफिसमा काम गर्ने समय बढी छ भने लन्च टाइममा एकपटक अनुहार धोएर पुन: मोइस्चराइजर वा सनस्क्रिन लगाउन सकिन्छ । 
  • गुलाबजल पनि छाला मोइस्चराइज गर्ने राम्रो विकल्प हो । यसलाई स्प्रे बोतलमा भरेर फ्रिजमा राखी बाहिरबाट आएपछि अनुहारमा स्प्रे गरी कपासले पुछ्नुपर्छ । यसबाट छालाको मैलो हट्छ । 

नाइट केयर 

राति नाइट क्रिम लगाएर सुत्नुपर्छ । यसले प्रदूषण र तेज गतिको हावाबाट गुमेको नरमपन फर्काउँछ भने दैनिक तनाव सामना गर्ने छालालाई आराम प्रदान गर्छ । नाइट क्रिम सहज रूपमा छालामा सोसिने हुँदा चिल्लो पनि हुँदैन । आफ्नो छालाको प्रकारअनुसार नाइट क्रिम रेञ्ज प्रयोग गर्नुपर्छ । नाइट सिरम प्रदूषणयुक्त छालाको रौनक पुन: फर्काउन सहयोगी हुन्छ । राति सुत्नुअघि अनुहारमा दुई थोपा नाइट सिरम लगाई हल्का हातले मसाज गर्नुपर्छ । यो मृत छाला हटाउन सहयोगी हुन्छ । फुटेको कोशिका  रातभरिमा मर्मत भै नयाँ कोशिकाको विकास हुन्छ भने र्‍यासेजको समस्या पनि रहँदैन । 

राति ढिलोसम्म काम गर्दा वा मोबाइल फोन बढी प्रयोग गर्दा आँखामुनि सुन्निनु नौलो कुरा होइन । आँखाको थकान हटाउन गुलाबजललाई कपासको डल्लोमा भिजाएर आँखामा प्रयोग गर्न सकिन्छ । चिसो काँक्रा वा आलुको स्लाइसलाई आँखामा प्रयोग गर्नु लाभदायक हुन्छ । आँखामुनि डार्क सर्कल र मसिनो खालको रिङ्कल हटाउन अन्डर आई जेल तथा अन्डर आई क्रिम प्रयोग गर्न सकिन्छ ।  आँखामुनि बदामको तेल पनि दल्न सकिन्छ । यसको परिणाम सकारात्मक हुन्छ । साँझसम्म पानीको कमीले ओठ फुट्छ । राति लिप वाम लगाएर सुत्नु उपयुक्त हुन्छ । बिहान बिस्तारै आंैलाले ओठ मलेर मृत छाला निकाल्नुपर्छ । लिप वामको नियमित प्रयोगले ओठका मसिना रेखाहरू हट्छन् । 

 Image