Successfully Copied

वानटु वेयरको नेपाली पहिरन प्रदर्शनको यात्रा विदेशमा जारी

नेपालको फेसनलाई अन्तर्राष्टिय स्तरमा चिनाउन हरेक वर्ष विभिन्न देशमा १० दिने पहिरन प्रदर्शनी आयोजना गर्दै आएको वान टु वेयरको यात्रा यो वर्ष पनि जारी रह्यो ।

नेपालको फेसनलाई अन्तर्राष्टिय स्तरमा चिनाउन हरेक वर्ष विभिन्न देशमा १० दिने पहिरन प्रदर्शनी आयोजना गर्दै आएको  वान टु वेयरको यात्रा यो वर्ष पनि जारी रह्यो ।  गएको दसंैमा सिंगापुरस्थित रेडहिलम भन्ने स्थानमा  आयोजित १० दिने उक्त प्रदर्शनीमा १ हजारभन्दा बढीले अवलोकन गर्न भ्याए । सिंगापुरमा बसोबास गर्दै आएका नेपालीहरूका लागि लक्षित गरी आयोजना गरिएको वान टु वेयरको प्रदर्शनीमा विशेषगरी नेपालमा चलेका पहिरनहरूलाई नै प्रदर्शनमा राखिएको थियो । वान पिस, लेहेंगा, गाउन, साडी आदि नेपाली बुटिक पहिरनहरू राखिएको थियो । आकर्षक फेब्रिकमा तयार पारिएका सबै पहिरन नेपालका लोकप्रिय डिजाइनर पुरु तन्दुकार र ईश्वर श्रेष्ठले तयार पारेका हुन् । 

एनआरएनको जमघट हुने देशमा डिजाइनर पुरु र ईश्वरले फेसन अर्थात् नेपाली पहिरनहरूको प्रदर्शनी गर्दै आइरहेका छन् । नेपालमा पनि उनीहरूले बृहत् रूपमा आयोजना हुने राष्ट्रिय फेसन शोमा आफ्नो कला प्रस्तुत गरेका छन् । स्वदेश तथा विदेशमा बस्ने नेपालीको इच्छानुसार कुनै पनि स्टाइलको पहिरन अर्डरअनुसार तयार गर्न पोख्त यी दुई परिचित डिजाइनर हुन् । 

विगत ७ वर्षदेखि डिजाइन क्षेत्रमा निरन्तर काम गर्दै आइरहेका डिजाइनर पुरु र ईश्वरको यो यात्रा विश्वासमा अडेको छ । पुरु र ईश्वरलाई आफ्नो देशको सिर्जना स्वदेश र विदेशमा चिनाउने ठूलो इच्छा छ। 

नेपालमा पनि वान टु वेयरले ग्ल्यामर रिभाइभ २०१३, मिस दिभा २०१३, मिस दिभा फेसन शो २०१३, पाटन फेस्टिभल २०१३, मिस लिटल स्कुल २०१३, हङकङ फेसन शो २०१५, सिंगापुर  फेसन शो २०१६ लगायतका बृहत् फेसन शोजस्ता कार्यक्रमहरूमा प्रशंसनीय सहभागिता जनाइसकेको छ । आगामी वर्ष वान टु वेयरले अस्ट्ेरलियाका सिड्नी र इजरायलमा फेसन शो वा प्रदर्शनी गर्ने योजना बनाएको छ । 

वान टु वेयरका पहिरन तथा डिजाइन झ्वाट्ट हेर्दा आकर्षक र गुणस्तरमा पनि विश्वसनीय र अगाडि भएकाले होला यहाँका डिजाइन नेपालमा मात्र होइन विदेशमा बस्ने नेपालीहरूको पहिलो रोजाइमा पर्ने गरेका छन् । नेपाली फेसन जगत्लाई शिखरमा पुर्‍याउने आफ्नो लक्ष्य भएको दुवै डिजाइनर बताउँछन्। 

 Image