Successfully Copied

डेन्टल ब्लिचिङ

डेन्टल ब्लिचिङ अथवा टुथ ह्वाइटिङ एउटा साधारण कस्मेटिक प्रक्रिया हो जुन अहिले लोकप्रिय छ । ब्लिचिङका माध्यमबाट दाँतलाई नेचुरल रंगभन्दा पनि सेतो बनाइन्छ र यो धेरै लामो प्रक्रिया नभई एकपटकमै सम्भव हुन्छ ।

 डेन्टल ब्लिचिङ अथवा टुथ ह्वाइटिङ एउटा साधारण कस्मेटिक प्रक्रिया हो जुन अहिले लोकप्रिय छ । ब्लिचिङका माध्यमबाट दाँतलाई नेचुरल रंगभन्दा पनि सेतो बनाइन्छ र यो धेरै लामो प्रक्रिया नभई एकपटकमै सम्भव हुन्छ । दाँत ब्लिचिङ गर्ने अनेक विधि छन् । जस्तै इन अफिस क्लिनिकल ब्लिचिङ, होम ब्लिचिङ तथा इन्टरनल ब्लिचिङ । दाँत ब्लिचिङ गर्नुअघि डेन्टिसले दाँतको चेकअप गर्नुपर्ने हुन्छ र केही एलर्जी र सिरिङ–सिरिङ भएको जानकारी बिरामीले पहिले नै दिनुपर्छ । 

हाम्रा दूधे दाँतहरू अन्य दाँतभन्दा सेता हुन्छन् तर पछि आउने स्थायी दाँतहरू केही पहेंला हुन्छन् । त्यसबाहेक हामीले खाने खाना, सब्जी, चिया, कफी, रेड वाइन, चुरोट, सुर्ती आदिले गर्दा पनि दाँतमा स्टेन बस्छ । टेट्रासाइक्लिन क्लोराडाइन भएको माउथवास लामो समयसम्म प्रयोग गर्दा पनि दाँत पहेंला देखिन्छन् । कुनै स्टेन साधारण स्केलिङले जान्छ भने कुनै ब्लिचिङ नै गर्नुपर्ने हुन्छ ।

दाँत ब्लिचिङ गर्नुअघि दाँतको सेड जाँच गरिन्छ र फोटो खिचिन्छ । ब्लिचिङ सकिएपछि त्यसलाई पहिलेको कलरसँग तुलना गरिन्छ । कलर चित्त नबुझेको खण्डमा त्यही प्रक्रिया फेरि दोहोर्‍याइन्छ । ब्लिचिङ गरेको दाँत करिब ६ महिनासम्म सेतो रहन्छ । बिरामीको खानामा पनि सेतो पन कति टिक्छ भन्ने कुरा भर पर्छ । 

इन अफिस क्लिनिकल ब्लिचिङ 

यो विधिमा गिजा र गिजा वरिपरिका तन्तुहरूमा एउटा सुरक्षित कवच लगाइन्छ जसले गर्दा केमिकलले पोल्दैन । त्यसपछि इन अफिस क्लिनिकल ब्लिचिङ एजेन्ट लगाएर केहीबेर छाडिन्छ अथवा हेलिजन लाइटले केयर गरिन्छ । रंग परिवर्तन भएको हेरेर इन अफिस क्लिनिकल ब्लिचिङ एजेन्ट निकालिन्छ । रंग चित्त बुझे यो प्रक्रिया दोहोर्‍याइरहनु पर्दैन अन्यथा फेरि एकपटक प्रक्रिया दोहोर्‍याउनुपर्छ । यसका लागि करिब एक घन्टाजति समय लाग्छ ।

होम ब्लिचिङ 

यो प्रक्रियामा सर्वप्रथम एउटा ब्लिचिङ ट्रेमा बिरामीको नापअनुसार बनाउन पठाइन्छ । त्यसपछि त्यो ट्रेमा ब्लिचिङ एजेन्ट राखिन्छ र mबलभथबअतगचष्लन दिएको समयअनुरूप एकदिन राख्नुपर्ने हुन्छ । साधारणतया पहिलो पटकमा १५ इन्चसम्म राख्न सकिन्छ । त्यसपछि बिरामीलाई राख्ने विधि सिकाइन्छ । यो विधि आफ्नो आवश्यकताअनुरूप दुई–तीन पटक घरमै दोहोर्‍याउन सकिन्छ । 

इन्टरनल ब्लिचिङ 

यो विधि सबै दाँतमा प्रयोग नगरी जरादेखि भरेको दाँतमा गरिन्छ । यसमा आरसिटी सकिएपछि पहिले राखिएको फिलिङ निकालिन्छ र जरा नजिकैको भागसम्म ड्रिल गरिन्छ । त्यसपछि ब्लिचिङ एजेन्ट राखेर दुई हप्ताजति छोडिन्छ । दुई हप्तापछि फेरि त्यही विधि दोहोर्‍याइन्छ । जब दाँत आफूले रोजेजस्तो हुन्छ तब मात्र फाइनल फिलिङ गरिन्छ । 

ब्लिचिङको बेफाइदा 

ब्लिचिङले टुथ सेन्सिटिभिटी र केमिकल बर्न गराउँछ तर त्यस्तो अवस्था अस्थायी हुन्छ जुन दुई–तीन दिनमा आफै ठीक हुन्छ । 

 Image