Successfully Copied

पोलिसी लिँदा ध्यान दिनुपर्ने कुराहरू

हरेक व्यक्तिले आफ्नो भविष्यको सुरक्षा तथा सुखी जीवनका लागि जीवन बिमा पोलिसी लिन्छन् वा लिन चाहन्छन् ।

हरेक व्यक्तिले आफ्नो भविष्यको सुरक्षा तथा सुखी जीवनका लागि जीवन बिमा पोलिसी लिन्छन् वा लिन चाहन्छन् । अहिले बजारमा विभिन्न प्रकारका बिमा पोलिसी उपलब्ध छन् । जसलाई राम्रोसँग बुझेर मात्र अपनाउनुपर्छ । बिमा पोलिसी लिँदा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

आयमा विचार

बिमा गराउँदा आफ्नो आयलाई ध्यान दिनुपर्छ । आफ्नो आयबाट कति रकम बिमाका लागि खर्च गर्न सकिन्छ यकिन गर्नुपर्छ र त्यसका आधारमा पोलिसी लिनुपर्छ । बजेटले नधान्ने गरी महँगो बिमा गराउनु हुँदैन किनभने यही पोलिसीले आफ्नो बजेट बिगार्न सक्छ । आफ्नो घरायसी खर्च तथा योजना पूरा भएपछि बिमाका बारेमा सोच्नुपर्छ ।

प्रिमियमको भुक्तानी

सही कम्पनी पत्ता लगाई पोलिसी लिएर मात्र आफ्नो जिम्मेवारी पूरा हुँदैन । पोलिसीको भुक्तानीका विषयमा पनि जानकारी लिनुपर्छ । महिनावारी हो कि, छ महिने वा एक वर्षे जुन पोलिसी लिँदा आफूलाई सजिलो हुन्छ त्यही पोलिसी लिनुपर्छ । आफ्नो सुविधाअनुसार प्रिमियमको भुक्तानी छनोट गर्नुपर्छ । बिमासँग जोडिएका अतिरिक्त प्रस्ताव र त्यसमा लाग्ने लागतका विषयमा राम्रो जानकारी हुनुपर्छ । कम्पनीको कुनै राइडर छैन भने कुनै कम्पनीले आफूलाई स्वीकार गर्छ कि गर्दैन त्यसका बारेमा जानकारी लिनुपर्छ ।

बढी पोलिसी खरिद गर्नुहुँदैन

कतिपय मानिस कर जोगाउने चक्करमा बढी पोलिसी खरिद गर्छन् । आवश्यकताभन्दा बढी पोलिसी लिनु उपयुक्त होइन । यसलाई समझदारी मानिँदैन । एकै समयमा अनेकन पोलिसी व्यवस्थापन गर्न सकिँदैन । पोलिसीका हरेक नीति सम्झन कठिन हुन्छ । कुनै पोलिसीको रकम कम तथा कुनैको अधिक हुन्छ । कुन पोलिसीको प्रिमियम कहिले भर्ने त्यसको सम्झना गर्न पनि कठिन हुन्छ । त्यसले समस्या पार्न सक्छ ।

विशेषज्ञको सल्लाह

आफ्नो आय तथा आवश्यकताअनुसार कुन पोलिसी ठीक हुन्छ त्यसको जानकारी विशेषज्ञसँग लिएर मात्र बिमा गराउनु उचित हुन्छ । विशेषज्ञलाई आफ्नो रुचि तथा आवश्यकता बताएर बिमा गराउनुपर्छ । आफूलाई सुविधा हुने किसिमको बिमा रोज्नुपर्छ । आफूलाई समस्या हुने कुनै पनि बिमा पोलिसी रोज्नु हुँदैन । विशेषज्ञको रायअनुसार आफूलाई उपयोगी हुने बिमा रोज्नुपर्छ जसले आफ्नो बजेट तथा मुड खराब हुँदैन ।

एजेन्टको बहकाउमा आउनु हुँदैन

बिमा नगराएको थाहा हुनेबित्तिकै एजेन्टहरू अघिपछि लागेर जसरी पनि बिमा गराएरै छाड्छन् । विभिन्न अफर दिएर लोभ्याउँछन् । रिझाउन बारम्बार फोन गर्छन् । पोलिसीका विषयमा बढाइ–चढाइ गर्छन् । एजेन्टबाट हरेक विषयमा राम्रोसँग जानकारी लिनुपर्छ । उसले दिएको कतिपय जानकारी नमिल्न सक्छ । त्यसैले बिमा गराउँदा दक्ष एजेन्ट चयन गर्नुपर्छ । भोलिको दिनमा आइपर्ने समस्या उसले सजिलै समाधान गर्न सकोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

 Image