मुना गौचनको फेसन च्वाइस
मंसिर ९, २०७३
ब्रान्ड कन्सस : त्यति सारो ब्रान्ड कन्सस त छैन तर फुटवेयर तथा ब्यागमा भने केही चुजी छु । वाइएसएल एवं डियोरका जुत्ता तथा ब्याग बढी किन्छु ।फुटवेयर : मलाई सजिला जुत्ता लगाउन मन लाग्छ । त्यसैले प्राय: भ्यान्स ब्रान्डका फ्ल्याट तथा चप्पलमा हिँड्छु । नेक्स ब्रान्डको हिल, एडिडास एवं नाइकको स्पोर्ट सुज पनि सजिलो लाग्छ ।
मनपर्ने कलर : पिंक, रेड तथा पर्पल ।
पार्टी मुडका लागि : म पार्टीहरूमा जाँदा मस्तसँग नाच्छु तसर्थ स्कर्ट एवं जिन्स नै सजिलो लाग्छ । कर्ल हेयर, ठूला इयररिङ एवं औंठी आदि लगाउन रुचाउँछु ।
एसेसरिज : मलाई घाँटी एवं कानका गहना तथा औंठी मनपर्छन् । फेसनमा रहेको चम्किलो लामो इयरिङ निकै मन पर्छ ।
फेसन आइकन : दीपिका पादुकोण तथा सोनम कपूर ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्