Successfully Copied

विश्व सम्पदा र संस्कृतिको सम्मानमा ग्राजुएसन फेसन शो

पृष्ठभूमिमा विभिन्न संगीत धुन बज्दै गए, पालै पालो मोडलहरु रनवेमाथि ओहोरदोहोर गर्न थाले ।

पृष्ठभूमिमा विभिन्न संगीत धुन बज्दै गए, पालै पालो मोडलहरु रनवेमाथि ओहोरदोहोर गर्न थाले । हरेक संगीतको धुनले विश्वको कुनै राष्ट्र र त्यहााको मौलिक सांगीतिक पक्षलाई प्रतिनिधित्व गरेको थियो । हरेक मोडलले पहिरिएको पहिरनले तिनै राष्ट्रको सांस्कृतिक, ऐतिहासिक, सामाजिक सम्पदा एवं संस्कृतिको गरिमामय चिनारीलाई प्रतिबिम्बित गरेका थिए ।

नेपाल, भारत, चीनदेखि जापान, दक्षिण कोरिया, म्यानमार, थाइल्याण्ड हुादै अमेरिका, बेलायत, फ्रान्स, पानामा, ब्राजिल, भेनेजुएला, दक्षिण अफ्रिकासम्मको यात्रा तय गर्ने क्रममा विश्वका ४१ राष्ट्रको सम्पदा र संस्कृतिको अभूतपूर्व नमूनाहरूसाग साक्षात्कार हुने अवसर प्राप्त भयो । नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक तह  अध्ययनरत ११औं ब्याचका ४१ जना विद्यार्थीको अन्तिम परीक्षाको महत्वपूर्ण पाटोका रूपमा गत शुक्रबार राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित ग्राजुएसन फेसन शो ‘इन्कान्टिभोल क्रियजन’ शीर्षकमा प्रस्तुत गरिएको थियो ।

‘विश्व सम्पदा र संस्कृति’ शीर्षक अन्तर्गत क्रिएटिभ चरणमा प्रस्तुत पहिरन शैलीहरू फ्रान्सको पेरिसस्थित आइफिल टावरको मिनि स्वरुपदेखि ब्राजिलको साम्बा नृत्यको झल्को दिने पहिरनसम्म थिए । स्वयम्भू, धरहरा, लुम्बिनी, रानीमहल लगायतको नेपाली गरिमा चित्रण गरेको शैलीदेखि स्कटल्याण्डको लडाकू स्वरूप,  अष्ट्रेलियाको राष्ट्रिय जनावर, क्वीन भिक्टोरिया गार्डन, सिड्नी ओपेरा हाउसको प्रतिनिधि गर्ने कल्पनादेखि प्राचीन इजिप्टको झल्को दिने शैली, टर्कीको सांस्कृतिक र ऐतिहासिक गरिमा उजागर गर्ने सृजनाले फेसन शोको आकर्षण बढाएका थिए । हरेक सृजनामा डिजाइनरको कल्पना, सृजनात्मक अभिव्यक्तिले सम्बन्धीत राष्ट्र राष्ट्रिय धरोहरलाई सम्मान दर्शाएको थियो । 

रोजिन शाक्यको कोरियोग्राफीमा संचालित उक्त फेसन शोमा क्रिएटिभ राउन्ड बाहेक अन्य तीन सिक्वेन्समा आफ्ना सृजनालाई प्रदर्शन गर्ने क्रममा चालीस युवती एवं ८ जना युवा मोडलले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको प्रारम्भमा कालो, सेतो र खैरो रंगको प्रधानता रहेको नीलेन्थदेखि अन्य शैलीका पहिरनहरू प्रस्तुत गरिए । दोस्रो चरणमा युवा मोडलहरुले डेनिम जिन्स तथा स्टाइलिङ र भ्यालु एड गरिएका सर्ट, टिसर्ट प्रस्तुत गरिए । बोहेमियन कल्चरबाट प्रभावित रिसोर्ट वेयरमा भने कूल कलर्स, बोल्ड फ्लोरल प्रिन्ट, फेमिनेन् टच भएका ग्ल्यामरस नमूना प्रस्तुत गरिए । रेड कार्पेट शैलीमा स्टाइलिस, सुन्दर एवं मनमोहक इभिनिङ गाउनहरू प्रस्तुत गरिएको थियो ।

फेसन शोमा मोडलहरुको सुन्दरता र आकर्षण, डिजाइनरहरुको मिहनेत र सृजनाका साथमा नमुना कलेज संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधर तथा उनले तयार पारेका पहिरनमा सजिएका नेपाली चलचित्र क्षेत्रका पाका अभिनेत्री भुवन चन्द एवं चरित्र अभिनेत्री लक्ष्मी गिरीको ओहोर–दोहोर उपस्थित दर्शकका लागि प्रेरणादायी रह्यो । कार्यक्रममा शो स्टपरका रूपमा जर्मनीका फेसन डिजाइनर स्टेला मारिस हाफेली देखिएकी थिइन् ।

तस्विरहरु : महेश प्रधान 

 Image