Successfully Copied

तपाईं कति रिसाउनुहुन्छ ?

महत्वपूर्ण बैठकका लागि अफिस गैरहनुभएको छ र त्यतिबेला आफ्नो गाडीको अगाडि अर्को गाडी आएर रोकियो भने....

१. महत्वपूर्ण बैठकका लागि अफिस गैरहनुभएको छ र त्यतिबेला आफ्नो गाडीको अगाडि अर्को गाडी आएर रोकियो भने....

क) उसलाई उछिन्ने प्रयास गर्दै अघि बढ्नुहुन्छ, 

ख) उसलाई छिटो अघि बढ्न हर्न बजाउनुहुन्छ, 

ग) चुपचाप पर्खनुहुन्छ । उसको पनि कुनै समस्या होला भन्ने सोच्नुहुन्छ । 

२. कुनै रेस्टुराँ जान साथीलाई पर्खिएको आधा घन्टा भयो, त्यतिबेला....

क) मुर्मुरिनुहुन्छ र उसलाई समय व्यवस्थापनसम्बन्धी जानकारी दिने योजना बनाउनुहुन्छ, 

ख) ऊ पनि कुनै काममा अल्मलिएको होला, तर राम्रोसँग योजना बनाउनुपर्‍यो भन्ने सोच्नुहुन्छ, 

ग) आफूसँग भएको अखबारको सबै पाना धैर्यपूर्वक पढ्नुहुन्छ । तपाईंले यसरी कहिल्यै कसैलाई कुर्नुभएको थिएन ।

३. श्रीमान्को कोट, टाई, तौलिया आदि उपयुक्त प्रकारले मिलाएर राखिदिनुहुन्छ....

क) त्यसो गर्नुहुन्छ र सोच्नुहुन्छ महिलाको काम दु:खपूर्ण हुन्छ 

ख) श्रीमान्लाई आफूले गर्दा मात्र कोठा यति सफा भएको कुरा बताउनुहुन्छ र उहाँलाई पनि केही सहयोग गर्न आग्रह गर्नुहुन्छ, 

ग) सोच्नुहुन्छ–मन लागेको समयमा त उहाँले पनि गर्नुहुन्छ । उहाँले नगरे पनि ठीकै छ, आजसम्म गरिरहेकै छु, अब पनि गर्छु । 

४. ड्रिङ्स पार्टीमा घनिष्ट मित्रहरूको जमघट छ । तीमध्ये एकजनाले आफ्नो सफलताको कथा भन्न थाले भने .......

क) हातका औंला खेलाइरहनुहुन्छ र उसको भनाइ छिट्टै सकिन्छ भन्ने आशा गर्नुहुन्छ, 

ख) कुरा रोकिएको अवस्थामा त्यसलाई अर्कै मोडतिर डोर्‍याउहुन्छ, 

ग) साथीसँग खुसी साट्नुहुन्छ किनभने यो एउटा नियमित प्रक्रिया हो भन्ने तपाईंंलाई थाहा छ 

५. साथीले मलाई कसैले माया गर्दैनन्, म कसैको सन्तान होइन भन्दै रुन्चे स्वर निकालिन् भने...

क) यस्तो कुरा मन पराउनुहुन्न । त्यसैले जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न उनलाई सम्झाउनुहुन्छ, 

ग) यो उनको सधैको बानी हो भन्ने तपार्इंंलाई थाहा छ । त्यसैले केहिलेकाहीँ मात्र उनको कुरा सुन्नुहुन्छ, 

ग) उनका यस्ता कुरा सुनेर थाकिसक्नुभएको छ तर उनको चित्त दुखाउन चाहनुहुन्न । त्यसैले चुपचाप कुरा सुन्नुहुन्छ । 

६. तपाईंले व्यायाम गर्न छाडेको धेरै महिना भएको छ र मोटाउँदै गएको अनुभव पनि भएको छ । तपाईंका श्रीमान् पनि यही भन्नुहुन्छ । यस्तो अवस्थामा...

क) उहाँलाई पनि आफ्नो शरीर ऐनामा हेर्न भन्नुहुन्छ, 

ख) उहाँसँग सहमत हुनुहुन्छ र त्यसका लागि दुवैजना मिलेर कुनै काम गर्ने प्रस्ताव राख्नुहुन्छ, 

ग) मोटोपन घटाउने उपाय आफै अवलम्बन गर्नुहुन्छ ।

७. एक हप्ताको यात्रापछि घर फर्कनुभएको छ तर तपाईंले आफ्ना सामान उपयुक्त ठाउँमा पाउनुभएन, त्यस्तो अवस्थामा...

क)  यो यहाँ काम गर्ने महिला अथवा कुनै केटाकेटीको काम हो भन्ने सोच्नुहुन्छ, 

ख) उनीहरूलाई बोलाएर वास्तविक कुरा बुझ्नुहुन्छ र सफाइ गर्न उनीहरूको सहयोग माग्नुहुन्छ, 

ग) कहाँ के गर्नुपर्छ भन्ने तपाईंलाई मात्र थाहा छ । त्यसैले थाकेको भए पनि सबै काम आफै गर्नुहुन्छ । 

८. श्रीमान्ले केही हप्तायता आफ्नो तनाव हटाउने उपायका रूपमा तपाईंलाई प्रयोग गरिरहनुभएको छ 

क) सेक्सलाई दिमागबाटै हटाउन उहाँसँग आग्रह गर्नुहुन्छ, 

ख) तनावका बेला उत्पन्न हुने रक्तचाप कम गर्ने उपाय सेक्स भएको कुरा सोच्नुहुन्छ, 

ग) तपाईं ‘अहँ’ भन्न चाहनुहुन्छ, तर पनि शान्तिको नाममा सहमति जनाउनुहुन्छ । 

९. जब केटाकेटीहरू आफूसँग झगडा गर्छन्, तब..

क) जोडसँग चिच्याउनुहुन्छ र उनीहरूलाई दण्ड दिनुहुन्छ, 

ख) उनीहरूलाई नियममा बाँध्नुहुन्छ र प्रत्येक पटक नियम तोडिँदा दण्ड दिनुहुन्छ, 

ग) आफ्ना श्रीमान्सँग गुनासो गर्नुहुन्छ र उनीहरूलाई दण्डित गर्न भन्नुहुन्छ । 

१०. रेस्टुराँको बिलमा १ सय रुपैयाँ बढी भएको देखियो । तपार्इंंलाई बिल गलत छ भन्ने लाग्यो भने...

क) म्यानेजरलाई बोलाएर उनीसँग रिसाउनुहुन्छ, 

ख) बिल सच्याउन अनुरोध गर्नुहुन्छ, तिर्नुहुन्छ र हिँड्नुहुन्छ, 

ग) ठगिएको अनुभव गर्नुहुन्छ, तर सच्याउनुहुन्न । 

स्कोर 

क) धेरै भए तपाईं उग्रस्वभावको हुनुहुन्छ । यस्तै खालको व्यवहारबाट नै समस्या समाधान हुन्छ भन्ने सोच्नुहुन्छ । यद्यपि त्यसो गर्नु मूर्खतामात्र हो । तपाईंले आफ्नो स्वभावमा नियन्त्रण गर्नुपर्छ । 

ख) धेरै भए तपाईं साधारण स्वभावको हुनुहुन्छ । कुनै पनि समस्यालाई शान्त र सुविधायुक्त तरिकाले समाधान गर्नुहुन्छ । तपाईं परिस्थितिअनुसार समस्याको समाधान गर्न सक्षम हुनुहुन्छ । प्रत्येक परिवारमा तपाईंजस्ता नारीको आवश्यकता छ । 

ग) धेरै भए तपार्इंमा रिस धेरै छ, तर त्यसलाई व्यक्त गर्न सक्नुहुुन्न । बाहिरबाट हेर्दा तपाईं शान्त देखिनुहुन्छ तर भित्र तपाईं आफैलाई असजिलो भैरहेको हुन्छ । तपाईंभित्र रिस खाँदिएको छ जुन एकदिन विस्फोट हुनेछ । यो बानी सबैभन्दा खतरनाक हुन्छ । त्यसैले आफ्नो कुरालाई व्यक्त गर्ने र आफूलाई सहज बनाउने प्रयास गर्नु आवश्यक छ । 

 Image