Successfully Copied

जाडोबाट बच्ने उपाय

मौसम परिवर्तनसँगै स्वास्थ्यमा पनि परिवर्तन देखा पर्न थाल्छ । मौसमको असर हरेक उमेरका मानिसमा देखा पर्नसक्छ ।

मौसम परिवर्तनसँगै स्वास्थ्यमा पनि परिवर्तन देखा पर्न थाल्छ । मौसमको असर हरेक उमेरका मानिसमा देखा पर्नसक्छ । यो समस्याबाट जोगिन केही कुरामा ध्यान दिनु आवश्यक छ । 

  • बिहान शारीरिक अभ्यास गर्नु राम्रो हो तर जाडो मौसममा बिहान शारीरिक अभ्यास गर्न घरबाट बाहिर निस्कनु उपयुक्त हुुँदैन । घाम निस्किएपछि एक्सरसाइज गर्नुपर्छ ।
  •  स्वस्थ रहन तातो खाना खानुपर्छ ।
  •  एकैपटक धेरै खानुभन्दा थोरैथोरै खाइरहनुपर्छ । तातो सूप पर्याप्त पिउनुपर्छ । यसले शरीर तातो राख्छ भने रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । 
  • ग्रिन तथा ब्ल्याक टी पिउनुपर्छ । यसबाट पनि पर्याप्त राहत मिल्छ ।
  • जाडोमा छोकडाको सेवन बढाउनुपर्छ । यसले शरीर तातो बनाउनुका साथै जाडोबाट जोगाउँछ ।

 Image