Successfully Copied

पुष महिनाको राशिफल

प्रीति आत्रेय ज्ञवाली, फलित ज्योतिषाचार्य

प्रीति आत्रेय ज्ञवाली, फलित ज्योतिषाचार्य

मेष

आफ्नै प्रभुुत्वमा सबै काम सम्पन्न भए पनि बाधाहरू आइलाग्न सक्छन् । घर खर्च बढ्ला । श्रीमान्ले गरेको सहयोगमा आफ्नो चित्त नबुुझ्नसक्छ । अनपेक्षित विवादको योग छ । महिनाको उत्तराद्र्ध अनुुकूूल रहनेछ । इच्छाअनुुसार सबै काम पूूरा हुुँदै जानेछन् । साथीसँगीहरूसित भेटघाट गर्ने अवसर जुुट्नेछ । विभिन्न सरसामानको जोहो हुुनेछ । आर्थिक लाभ हुुने देखिन्छ ।

वृष

काममा अपेक्षित सफलता प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । कुनै विशेष काममा सफलता हात पर्ला । सन्तान प्राप्तिको योग छ । विभिन्न सरसामग्री किनमेल हुुनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । आर्थिक पक्ष सुुदृढ रहनुुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । महिनाको उत्तराद्र्धमा अनपेक्षित कलहको योग भएकाले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुुपर्ने देखिन्छ ।

मिथुन

पारिवारिक वातावरण सुुखमय रहनेछ । यात्रा गर्ने अवसर जुर्नसक्छ । दाम्पत्य जीवन सुुखमय रहनेछ । जाँगरमा कमी आउनसक्छ भने पेट दुुख्ने समस्याले सताउनसक्छ । भाउजू–बुुहारी एवं नन्द–आमाजूहरूसँग रमाइलो भेटघाट हुुनसक्छ । आर्थिक लाभ पनि हुुनेछ । नवविवाहिताहरूले श्रीमान्सँग घुुम्न जाने अवसर प्राप्त गर्नेछन् । वादविवाद हुुने सम्भावना छ ।

कर्कट

कुुनै विशेष काममा सफलता मिल्नेछ । मनमा भएको बोझ हट्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । पराक्रम बढ्नेछ । रक्तचापको मात्रामा घटबढ हुुनसक्छ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर जुट्नेछ । प्रतियोगितात्मक कार्यमा विजय प्राप्त हुनेछ । दाम्पत्य जीवन सुुमधुुर रहला । परिवारमा कसैलाई स्वास्थ्य समस्याले सताउन सक्छ ।

सिंह

आफूले गरेको कामको परिणाम के होला भनेर मनमा द्विविधा उत्पन्न हुनसक्छ । टाउको, शरीर एवं हातखुुट्टा दुुख्ने समस्याले सताउनसक्छ । कुुनै कुुरालाई लिएर परिवारमा छलफल चल्नसक्छ । परिवारका सदस्यहरूको भावनाअनुुसार काम गरे सम्भावित अपजसबाट जोगिन सकिनेछ । दाम्पत्य जीवनमा सामान्य खटपट परे पनि माया–प्रीति भने कायमै रहनेछ । छोराछोरी आज्ञाकारी रहनेछन् ।

कन्या

कुुनै कुुराले भित्रभित्रै पिरोल्नसक्छ । घर–परिवारबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुुर्नेछ । परिवारमा कसैलाई सन्तान लाभ हुुनसक्छ । आर्थिक लाभ हुुनुुका साथै आकस्मिक उपहार प्राप्त हुने सम्भावना छ । काममा जस प्राप्त गर्न गार्‍हो छ । कामका साथै स्वास्थ्य एवं खानपिनमा विशेष ध्यान दिनुुपर्ने बेला छ ।

तुला

मनमा प्रसन्नता छाउनेछ । कुुनै काम विशेषले यात्रा गर्नुुपर्ने हुुनसक्छ । जोस–जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । नयाँ काम गर्ने विचार उत्पन्न हुनसक्छ । पुुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुर्नेछ । परिवार एवं इष्टमित्रका बीच समय बित्नेछ । छोराछोरीबाट सुुख–सन्तोष प्राप्त होला । नवविवाहिताहरूले परिवार एवं इष्टमित्रबाट अपेक्षित माया तथा सद्भाव प्राप्त गर्नेछन् । दाम्पत्य जीवन सुुखमय रहनेछ ।

वृश्चिक

टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ । माल–सामान हराउने योग छ । साथीभाइहरूसँग भेटघाट गर्ने अवसर जुुर्नेछ । सबै काम आफ्नै रोहबरमा सम्पन्न भए पनि कुुनै कुुराले गर्दा मन चिन्तित रहनसक्छ । सानातिना कामका लागि पनि निकै खट््नुुपर्नेछ । आर्थिक पक्ष सबल हुुनुुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । दाम्पत्य जीवन सुुखमय देखिन्छ ।

धनु

पेट, मुुटुु एवं रक्तचापका रोगीहरूले विशेष सावधानी अपनाउनुुपर्ने बेला छ । वैदेशिक यात्राको योग छ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । योजनाअनुुरूप नै काम सम्पन्न हुुनेछन् । सहयोगी हातहरू पछि हट्न सक्छन् । विभिन्न प्रकारका झमेलाबाट टाढै रहन सके सम्भावित विवादबाट जोगिन सकिन्छ । अनावश्यक खर्च हुुनसक्छ ।

मकर

पारिवारिक वातावरण सुुखमय रहनुुका साथै सबैबाट अपेक्षित सद््भाव प्राप्त हुनेछ । जीवनसाथी सहयोगी रहनेछन् । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । विभिन्न सामग्रीको किनमेल हुुनेछ । पारिवारिक खुुसीका निमित्त खर्च हुुनसक्छ । माल–सामान हराउने एवं चोटपटक लाग्ने सम्भावना छ । दाम्पत्य जीवनमा खटपट पर्नसक्छ ।

कुम्भ

जोस एवं जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । क्रमश: सबै काम सफल हुँदै जानेछन् । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । कतै घुुमघाम गर्न जाने अवसर जुुट्नसक्छ । कुुनै विशेष काममा सफलता प्राप्त हुनेछ । मान–सम्मान मिल्नेछ भने व्यक्तिगत खुुसीका लागि किनमेल हुुनसक्छ । कुुनै कुुराको लाभ हुनेछ । दाम्पत्य जीवन सुुखमय छ ।

मीन

कुुनै काममा विशेष सफलता मिल्नेछ । रोकिएका कामले पनि गति लिन थाल्नेछन् । दाम्पत्य जीवन सुुखमय रहनेछ । घरमा कुुनै सामान हेरफेर हुुनसक्छ । मित्रवर्गसँग भेटघाट गर्ने अवसर जुुट्नेछ । व्यक्तिगत खुुसीका लागि केही खर्च हुुनसक्छ । अनावश्यक खर्च हुुने योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजयी भइनेछ । आकस्मिक उपहार प्राप्त होला ।

 Image