Successfully Copied

स्मार्ट दुलही, ट्रन्डी मेकअप

दुलहीका लागि परम्परादेखि नै चल्दै आएको सिंगार त छँदैछ, समयअनुसार बिस्तारै यसको ट्ेरन्डमा पनि परिवर्तन आउन थालेको छ ।

दुलहीका लागि परम्परादेखि नै चल्दै आएको सिंगार त छँदैछ, समयअनुसार बिस्तारै यसको ट्ेरन्डमा पनि परिवर्तन आउन थालेको छ । यसमा पनि एयरब्रस मेकअप, मेटलिक आइज तथा करेक्टिव मेकअप लोकप्रिय हुँदैछन् । यसका साथै दुलहीको हेयर स्टाइलमा पनि निकै परिवर्तन आइरहेको छ । 

विवाहका अविस्मरणीय तस्बिरलाई गोल्डेन फ्रेममा राख्न मेकअपको सबैभन्दा ठूलो भूमिका हुन्छ । यो विशेष दिनलाई विशेष बनाउन सही खालको मेकअप आवश्यक हुन्छ । फेसनमा जस्तोसुकै मेकअप भए पनि आफूलाई सुहाउने मेकअप छनोट गर्नुपर्छ । 

एयर ब्रस मेकअप

यो आधुनिक शैली हिजोआज निकै लोकप्रिय छ । विवाहको दिन यो भन्दा राम्रो मेकअप शैली अरु हुन सक्दैन । यो मेकअप जानकार वा राम्रो आर्टिस्टबाटै गराउनुपर्छ । यसमा स्पञ्ज र ब्रस प्रयोग हँुदैन । एयर गन मेसिनबाट छालामाथिको बेस र फाउन्डेसनमा स्प्रे गरिन्छ । यसले छालालाई आकर्षक 

लुक्स दिन्छ । 

करेक्टिव मेकअप

यो मेकअप अनुहारको दोष तथा दाग लुकाउन तथा राम्रो विशेषतालाई हाइलाइट गर्न प्रयोगमा ल्याइन्छ । यो शैलीमा स्याडो र सेड्सको मद्दतले अनुहारमा भ्रम सिर्जना गरिन्छ । यसबाट मोटो गालालाई केही दुब्लो र सार्प, सानो आँखालाई केही ठूलो र गोलो अनुहारलाई अण्डाकार रूप दिन सकिन्छ । 

मेटेलिक आँखा

आँखाको परेलामा गोल्ड र ग्रिन मेटेलिक स्याडोको प्रयोग निकै रुचाइन्छ । डिप एमरल्ड लाइनरले आाखामा फोकस गर्छ । यसका साथै ब्राउन लिपिस्टिक लुक्स आकर्षक देखिन्छ । हलुका गुलाबी मौसममा मेटेलिक रंग निकै सुहाउाछ ।

टिट गोल्ड हाइलाइट चिक्स

दुलहीको गालालाई चम्किलो बनाउन टिट गोल्ड हाइलाइटरको प्रयोग निकै हुने गरेको छ । यसले रोयल लुक्स दिन्छ । 

सिल्वर डस्टेड आइज

परेलामा सिल्वर डस्टको सामान्य प्रयोगले समेत शाही लुक्स दिन्छ । यसका साथमा पिंक लिपिस्टिक र लेयर्ड बन निकै सुहाउँछ । 

सियर लुक

राजसी लुक्सका लागि सियर बेस, स्मोकी आइज, गाढा गाजल तथा रातो रंगको लिपिस्टिक दुलहीहरूको पहिलो रोजाइमा पर्न थालेको छ । यस्तो लुक नेपाली छालामा निकै सुहाउँछ । 

हेयर एसेसरिज

अहिले आँखालाई झट्ट तान्न सक्ने हेयर एसेसरिज प्रचलनमा छन् । दुलहीको केश सजाउन हिजोआज आर्किड, पिओनिज, गुलाब तथा जस्मिन आदि ताजा फूलको प्रयोग गरिन्छ । फूल प्रयोग गर्न नचाहनेहरूले स्वरोस्की क्रिस्टल वा ज्युल्ड क्लिप्स लगाउन सक्छन् । 

हेयर एक्सटेन्सन

केशलाई बाक्लो र आकर्षक बनाउन हेयर एक्सटेन्सनको प्रयोग निकै उपयोगी हुन्छ । यसलाई विवाहका दिन पनि प्रयोग गर्न सकिन्छ । यसलाई उपयोगमा ल्याउन र हटाउन समेत सजिलो हुन्छ । क्लिप तथा अन्य एक्सटेन्सन केशमा राम्रोसँग म्याच हुन्छ । यसले बाक्लो जुरो बनाउन पनि सहयोग गर्छ । 

आकर्षक ब्रेडर्स

हिजोआज फिस टेल, फेञ्च टेल, खजुरी चोटी आदि विभिन्न खालका जुरो चलनमा छन् । यसबाहेक मेसी टेक्सचर्ड हेयर लुक पनि मन पराउन थालिएको छ । 

लुज कल्र्स

दुलहीका लागि लुज कल्र्स निकै सुहाउाछ । यसले ग्ल्यामरस लुक्स दिन्छ । लुज कल्र्स सदाबहार हुनुका साथै हरेक दुलहीलाई 

म्याच गर्छ । 

 Image