Successfully Copied

टीना भइन् मिस काभ्रे २०७३

‘बौद्धिकता सहितको सौन्दय’ भन्ने नाराका साथ आयोजना गरिएको मिस काभ्रे २०७३ को आठौं संस्करणको ताज टीना मानन्धरले जितेकी छिन् ।

‘बौद्धिकता सहितको सौन्दय’ भन्ने नाराका साथ आयोजना गरिएको मिस काभ्रे २०७३ को आठौं संस्करणको ताज टीना मानन्धरले जितेकी छिन् । उनले शीर्ष उपाधिबाहेक बेस्ट वाकको अवार्ड पनि जितेकी छिन् । प्रतियोगितामा फस्र्ट रनरअप लजना नकर्मीले बेष्ट पर्सनालिटीको उपाधि जितिन् भने सेकेन्ड रनरअप सुदिक्षा कपालीले भ्युअर्स च्वाइसको उपाधि जितेकी थिइन् । 

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको कार्यक्रमको कोरियोग्राफी राज फैजुले गरेका थिए । प्रतियोगितामा अन्य शिर्षक उपाधि मध्ये डिसिप्लेनमा लिसा मानन्धर, ब्युटिफुल कम्प्लेक्सन आस्मा लामा, ब्युटिफुल हेयरमा समिक्षा लामा, फोटोजेनिक र ड्रेसमा वन्जल श्रेष्ठ, फ्रेन्डसिपमा निशा कोजु, इनरजेटिकमा सजना सेवाचार्य र ब्युटिफुल स्माइलमा सरु विष्टले उपाधि जितेका थिए । विजेताहरुलाई विभिन्न संघ संस्थाबाट अवसरका साथै कार्यक्रमका कार्यकारी निर्देशक श्रीषा बैदार फैजुद्वारा उपहार प्रदान गरिएको थियो ।

प्रतियोगिताको प्रमुख अतिथीमा सांसद विदुर प्रसाद सापकोटाको उपस्थिती थियो भने कार्यक्रमका निर्णायकहरुमा संचारकर्मी एवम भिडियो निर्देशक दिपेन्द्र घिमिरे, मोडल नायिका इशा चौधरी, कलाकार/मोडल एवं समाजसेवी राजु हमाल, चलचित्र निर्माता बिष्णु सिवाकोटी र नेपाल भारत मैत्री जनजागरण अभियानका केन्द्रीय मुख्य संयोजक सुर्य भुसाल र समाज सेवी एवं महिला ब्यवसायी पविना खड्का रहेका थिए ।

त्यसैगरी कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल, इतिहासविद ज्ञान काजी मानन्धर र उद्योगपति एवं समाजसेवी दिलिप कुमार श्रेष्ठलाई प्रमुख अतिथी सांसद विदुर प्रसाद सापकोटाले सम्मान गरेका थिए । 

 Image