Successfully Copied

कसरी लगाउने पहिरन

धेरैलाई आफूले लगाएको पहिरन उत्तम लाग्छ । मैले छानेको डिजाइन ठीक छ भन्ने भ्रम हुन सक्छ । यद्यपि सत्य के हो भने राम्रो फेसन डिजाइनरबाहेक धेरैलाई कुन पहिरन कुन बेला कस्तो मानिसका लागि उपयुक्त हुन्छ भन्ने जानकारी नहुन सक्छ ।

धेरैलाई आफूले लगाएको पहिरन उत्तम लाग्छ । मैले छानेको डिजाइन ठीक छ भन्ने भ्रम हुन सक्छ । यद्यपि सत्य के हो भने राम्रो फेसन डिजाइनरबाहेक धेरैलाई कुन पहिरन कुन बेला कस्तो मानिसका लागि उपयुक्त हुन्छ भन्ने जानकारी नहुन सक्छ । यो जान्नै नसकिने अप्ठ्यारो कुरा भने होइन । लामो समयसम्म फेसनको क्षेत्रमा काम गरेका स्वदेशी तथा विदेशी फेसन डिजाइनर एवं सौन्दर्यशामहलिाहरूले आफ्नो अनुभवका आधारमा पहिरन लगाउने विधि बताउँदै आएका छन् । 

होचा नेपाली युवतीले ठूला बुट्टा भएका पहिरन लगाउनु हुँदैन । त्यस्ता युवतीले चौडा बोर्डर भएको साडी, एउटै पोसाकमा फरक–फरक रंग भएका ताथा कुर्कुच्चासम्म आउने पहिरन लगाउनु हुँदैन । यस्ता महिलाले एउटै रंगको सादा पहिरन लगाउनु उपयुक्त हुन्छ । 

छोटा खुट्टा हुने महिलाले हिल जुत्ता नै लगाउनुपर्छ । त्यस्तो जुत्ता लगाउँदा पैतालासम्म आउने पहिरन लगाउनु हुँदैन । अग्लो जिउडाल भएकी युवतीले स–साना बुट्टा भएको, गोलीगाँठासम्म आउने ठूला–ठूला बुट्टा भएका पहिरन लगाउनुपर्छ । त्यस्ता युवतीले एउटा पहिरनमा फरक–फरक रंग भएको कपडा लगाउनुपर्छ । 

मोटी युवतीले तीखो धार भएको चेक कपडा प्रयोग गर्नु हुँदैन । छोटो बोर्डर भएको, एउटै रंगको पहिरन लगाउनुपर्छ । दुब्ला–पातला युवतीहरूले हाफ चोलो वा कुर्ता प्रयोग गर्नु हुँदैन । त्यस्ता युवतीहरूका लागि ठूला बुट्टा भएको चेक तथा तीखो धार भएको पहिरन उपयुक्त हुन्छ । 

चौडा काँध भएका महिलाका लागि सोल्डर पेन्टिङ भएको पहिरन राम्रो मानिँदैन । आफ्नो कम्मर पातलो देखाउने इच्छा भए सोल्डर प्याड भएको पहिरन प्रयोग गर्नुपर्छ । भीनेक सेपको विशेषता नै दुब्लोपन प्रदर्शन गर्नु हो । मोटा युवतीले यस्तो पहिरन छनोट गर्नु उपयुक्त हुन्छ । मुलायम वा हलुका पहिरनले पातलो र भारी खालका पहिरनले मोटो देखाउँछ । शरीरलाई भद्दा देखाउने किसिमको पहिरन कसैका लागि पनि राम्रो मानिँदैन । यस्ता पहिरनबाट टाढै रहनु उपयुक्त हुन्छ । 

 Image