Successfully Copied

कपिलवस्तु डान्स आइडल बनिन् सृष्टी पाण्डे

छैठौं कपिलवस्तु डान्स आईडलको उपाधी १० वर्षीया सृष्टी पाण्डेले हात पारिन् । आठौ कपिलवस्तु महोत्सवमा संचालित आईडल प्रतिस्पर्धामा १७ जनालाई पछाडी पार्दै उनी विजेता बनेकी हुन् ।

छैठौं कपिलवस्तु डान्स आईडलको उपाधी १० वर्षीया सृष्टी पाण्डेले हात पारिन् । आठौ कपिलवस्तु महोत्सवमा संचालित आईडल प्रतिस्पर्धामा १७ जनालाई पछाडी पार्दै उनी विजेता बनेकी हुन् । वाणगंगा नगरपालिका–१५ चप्परकी उनले ५० हजार नगद सहित आईडलको उपाधी, ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भईन् । वाणगंगा नगरपालिका स्थित युनाइटेड स्टुडेन्टस एकेडेमीमा कक्षा ५ मा उनी पढछिन् । त्यसैगरी उपविजेता युना कार्की बनिन् । उनले द्वितिय पुरस्कार ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छिन् ।

विभिन्न चरणका प्रतिस्पर्धा र भोटिङका आधारमा विजेता घोषणा गरिएको डान्स आईडल संयोजक राजेन्द्र गिरीले बताए । किशोर किशोरी र युवाहरुको प्रतिभा प्रस्फुटित गर्न आईडल महत्वपुर्ण बनेको थियो । महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको मुख्य आकर्षण रहेको डान्स आईडलमा ८० प्रतियोगी सहभागी थिए । तिनीहरु मध्येबाट विभिन्न चरणको प्रतिस्प्रर्धाबाट अन्तिम चरणमा १७ जना छानिएका थिए । उनीहरु मध्ये ५ जना अन्तिम भोंटिगको चरणमा पुगेका थिए । मंसिर २२ देखि पुष ३ गते सम्म बुद्धरंगशालामा महोत्सव संचालन गरिएको थियो ।

 Image