Successfully Copied

स्वास्थ्य र सौन्दर्यका लागि तोरीको तेल

तोरीको तेलले रौंछिद्रलाई खोलेर छालाबाट विषालु तत्त्वलाई बाहिर निकाल्छ । यसले रिङ्कल तथा एजिङको समस्याबाट पनि जोगाउँछ ।

तोरीको तेलले रौंछिद्रलाई खोलेर छालाबाट विषालु तत्त्वलाई बाहिर निकाल्छ । यसले रिङ्कल तथा एजिङको समस्याबाट पनि जोगाउँछ । तोरीको तेलल अत्यन्त राम्रो सनस्क्रिन हो ।यसले छालालाई इन्फेक्सन र र्‍यासेजबाट जोगाउँछ । तोरीको तेलको प्रयोगले छालाको सुख्खापन हट्छ । यसको प्रयोगपूर्व एलर्जी टेस्ट गराउनु उपयुक्त हुन्छ ।

छाला मुलायम एवं चम्किलो बनाउन तोरीको तेलमा थोरै नरिवलको तेल मिसाएर ५ मिनेटजति मसाज गर्ने अनि कटनले राम्रोसँग पुछ्ने । यसले छालालाई मुलायम बनाउँछ ।ओठ फुट्नबाट जोगाउन राति सुत्नुभन्दा पहिले तोरीको तेलको एक वा दुई थोपा नाइटोमा प्रयोग गर्नुपर्छ । तोरीको तेलले ट्यान र डार्क स्पट्सलाई हटाउँछ । यसका लागि तेलमा थोरै बेसन, दही र कागतीको रसको केही थोपा मिसाएर तयार पारिएको मास्क १०–१५ मिनेटसम्म अनुहारमा प्रयोग गर्नुपर्छ । त्यसपछि चिसो पानीले अनुहार पखाल्नुपर्छ । यसको प्रयोग सातामा तीनपटक गर्नु प्रभावकारी हुन्छ।

तोरीको तेलले केशलाई असमयमा सेतो हुनबाट जोगाउँछ । केशलाई सुख्खा राख्नुभन्दा तोरीको तेल प्रयोग गरी मालिस गर्नु उपयुक्त हुन्छ ।

 Image