Successfully Copied

जाडोका लागि उपयोगी स्किन केयर

जाडो महिना बढ्दै जाँदा अनुहार सुख्खा हुने, हलुका चाउरी देखिने तथा केशमा चायाँ पर्ने जस्ता समस्या देखा पर्छन् । हावामा आद्र्रता कम हुने भएकाले बाहिर हिँड्दा अनुहार सुख्खा भएर चाउरिन थाल्छ ।

जाडो महिना बढ्दै जाँदा अनुहार सुख्खा हुने, हलुका चाउरी देखिने तथा केशमा चायाँ पर्ने जस्ता समस्या देखा पर्छन् । हावामा आद्र्रता कम हुने भएकाले बाहिर हिँड्दा अनुहार सुख्खा भएर चाउरिन थाल्छ । त्यसैले जाडो महिनामा छालाको विशेष स्याहार गर्नुपर्छ । गर्मीमा छालाको स्याहार फरक तरिकाले गरिन्छ भने जाडोमा फरक तरिकाले । अनुहारमा प्रयोग गरिने सबै प्रसाधन नरम प्रकारका हुनुपर्छ । सुख्खा छालामा म्याट प्रसाधन प्रयोग गर्दा अनुहारमा नकारात्मक असर पुग्छ । जाडोमा सकेसम्म छाला नरम बनाउने प्रसाधन प्रयोग गर्नुपर्छ । अहिले जाडोका लागि बटर मिल्क, एलोबेरा, पपैया, बनाना आदिको जैविक तेल प्रयोग गरी प्रसाधन तयार गरिन्छ । नेपालमा अहिले विभिन्न ब्रान्डका स्किन केयर प्रसाधन खरिद गर्न सकिन्छ । 

हरेक वर्ष नयाँ–नयाँ रेन्ज बजारमा भित्राउने आस्ताबेरीका आयातकर्ता हेमन्त निरौला जाडो महिनामा छालाको स्याहार बढी गर्नुपर्ने बताउँछन् । निरौला भन्छन्, छालालाई ‘घाम तथा चिसो दुवैबाट जोगाउनुपर्छ ।’ निरौलाका अनुसार सनस्किन तथा कोल्ड क्रिम दुवैको माग उस्तै–उस्तै छ । 

आस्ताबेरी 

आस्ताबेरीले जाडोलाई लक्षित गरेर एल्मोन्ड क्रिम, फ्रुट नरिसिङ क्रिम तथा एलमोन्ड हल पर्पस क्रिम बजारमा उतारेको छ । यी तीनवटै क्रिम सबै प्रकारका छालालाई हुने खालका छन् । यी क्रिमको नियमित मसाजले जाडो महिनामा छाला नरम तथा चम्किलो हुन्छ भने छालालाई वातावरणीय कुप्रभावबाट पनि जोगाउन सकिन्छ । त्यसैगरी आस्ताबेरीको कोका बटर क्रिम तथा मोइस्चराइजर पनि जाडोका लागि निकै लाभदायक छ । यसले विभिन्न संक्रमणबाट जोगाउँछ । 

आस्ताबेरी 

जोय पपैया नेपाली बजारमा निकै लोकप्रिय छ । जोयका स्किन केयरलाई धेरैले रुचाएका छन् । जाडोलाई लक्षित गरेर विभिन्न फ्लेवरमा यसका क्रिम बजारमा आएका छन् । विशेषगरी जोयको आल्मोन्ड क्रिम जाडोका लागि निकै लाभदायक मानिएको छ । अहिले यो क्रिम विभिन्न प्याकमा उपलब्ध छ । त्यसैगरी आल्मोन्ड तथा हनी मिश्रण भएको जोय मोइस्चराइजर पनि उत्तिकै लोकप्रिय छ । यो १०० तथा १५० एमएलमा उपलब्ध छ । यसले अनुहारलाई चिसोबाट जोगाउँदै चम्किलो बनाउँछ । 

निभिया 

जाडो महिना सुरु हुँदा नीलो बट्टाको निभिया क्रिम घर–घरमा देखिन्छ । निभिया विश्वकै लोकप्रिय ब्रान्डमध्ये एक हो ।  यो सुविधाअनुसार विभिन्न आकारमा खरिद गर्न सकिन्छ । यसको चिल्लोपनले अनुहार फुट्न तथा चाउरी पर्न कम गर्छ । यसलाई दिउँसो तथा राति प्रयोग गर्न सकिन्छ । आकारअनुसार यसको मूल्य फरक–फरक छ । ब्लुटिनबाहेक यसको निभिया मिल्क तथा बडी लोसन पनि उत्तिकै लोकप्रिय मानिन्छन् । जाडो लक्षित गरी बजारमा आएको निभियाको लिप केयर पनि विभिन्न फ्लेवरमा खरिद गर्न सकिन्छ । 

इन्चायन्टर 

इन्चायन्टर नामै काफी छ । यसको मीठो वासना तथा प्याकेजिङ नै यसको पहिचान बनिसकेको छ । जाडो होस् वा गर्मी यसका हरेक उत्पादनको माग उस्तै हुन्छ । फ्लेवरसँगै यसले छालालाई पनि सौम्य बनाउँछ । अहिले बजारमा इन्चायन्टरको मोइस्चराइजर पनि उपलब्ध हुन थालेको छ । भिटामिनयुक्त यो मोइस्चराइजरले छालालाई नरम बनाउनुका साथै बाहिरी वातावरणको प्रभावबाट जोगाउँछ । 

हिमालयन 

स्किन केयरको संसारमा हिमालयनको पनि आफ्नै स्थान छ । आफ्नो गुणस्तरका कारण यसले नेपाली बजारमा आफ्नो वर्चश्व कायम गरिसकेको छ । यसका सबै उत्पादन सबै मौसमका लागि उपयोगी छन् । जाडोलाई लक्षित गरी यसका स्किन केयर, हेयर केयर तथा लिप केयर बजारमा उपलब्ध छन् । यसका कोल्ड क्रिम जाडोका लागि विशेष प्रभावकारी छन् । छालालाई लक्षित गरिएका सबै उत्पादनले छालामा सकारात्मक परिणाम दिन्छन् । यसलाई सबै प्रकारका छाला हुनेहरूले प्रयोग गर्न सक्छन् । हिमालयनका लोसन विभिन्न फ्लेवरमा उपलब्ध हुन्छन् । यसको मूल्य पनि नेपाली उपभोक्ताको बजेट सुहाउँदो छ । 

बोरोलिन 

बोरोलिनले नेपाली समाजमा आफ्नो लोकप्रियता जमाएको करिब तीन दशक भैसकेको छ । बज्यैदेखि नातिनीसम्मले बोरोलिनलाई निकै रुचिपूर्वक प्रयोग गरिरहेका छन् । समयलाई मध्यनजर गरेर अहिले बोरोलिनको प्याकिङमा पनि परिवर्तन आएको छ । अहिले जाडोका लागि यसको लोसन पनि उपलब्ध छ । यसलाई एन्टिसेप्टिकका रूपमा पनि प्रयोग गर्न सकिन्छ । बोरोलिन विभिन्न प्याकमा खरिद गर्न सकिन्छ । यसलाई फुटेको तथा पोलेको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ । यो छालामा सजिलै मिल्छ । जाडोमा यसले छालालाई सौम्य राख्छ । यसले छालालाई बाहिरी तथा भित्री दुवै तर्फबाट स्वस्थ्य बनाउँछ । 

भ्यासलिन 

भ्यासलिन जाडो महिनामा छाला जोगाउने प्रभावकारी प्रसाधन हो । तुरुन्तै समस्या समाधान गर्ने भएकाले यो पेट्रोलियम जेलीको लोकप्रियता बढेको हो । यसको सफलतासँगै अहिले यसको लोसनले पनि बजार लिँदैछ । अहिले विभिन्न फ्लेवर तथा प्याकमा भ्यासलिनका लोसन खरिद गर्न सकिन्छ । यसको लोसनले जाडो महिनामा छालालाई हरेक प्रभावबाट जोगाउँछ । भ्यासलिनले जाडो महिनामा छालाको कवचको काम गर्छ । अहिले यसको लिप बाम तथा लिप केयरले पनि बजार लिँदैछ । यसको उत्पादन विविध फ्लेवरमा खरिद गर्न सकिन्छ । जैविक तेल तथा भिटामिन ईयुक्त भ्यासलिनले छालालाई स्वस्थ बनाउँछ । इन्सेन्टिभ केयर तथा आयुर्वेदिक थेरापीयुक्त भ्यासलिनको नियमित प्रयोगले अनुहारमा देखिने चाउरी कम हुन्छ । 

लोटस 

नेपाली बजारमा आफ्नो वर्चश्व कायम गर्न सफल लोटस हर्बलका उत्पादनहरू विश्वसनीय तथा गुणस्तरीय छन् । यसका सबै रेन्ज उत्तिकै प्रभावकारी छन् । सनस्किन केयर क्रिम होस् वा कोल्ड क्रिम सबैमा विविध फलफूलको जैविक तेल प्रयोग गरिएको छ । यसको कोल्ड क्रिम तथा लोसन दिनहुँ प्रयोग गर्न सकिन्छ । यसको लिप बाम तथा चिपिस्टिक पनि नेपाली उपभोक्ताहरूले उत्तिकै मन पराएका छन् । लोटसले जाडोलाई लक्षित गरी विन्टर स्पेशल पनि बजारमा ल्याएको छ । यो रेन्जले छालालाई फुट्न तथा चाउरी पर्न दिँदैन । यसले जाडोमा छालालाई स्वस्थ बनाउँछ । 

अरोमा म्याजिक 

अरोमा  म्याजिकका सबै उत्पादन नेपाली छालाका लागि उपयोगी छन् । अरोमा  म्याजिकले जाडो होस् वा गर्मी सबै मौसमका लागि विभिन्न उत्पादन तयार पारेको छ । यसका विभिन्न फ्लेवरयुक्त उत्पादन बजारमा उपलब्ध छन् । विभिन्न जडीबुटी तथा फलहरूको जैविक तेल प्रयोग भएका कारणले यसको कुनै नकारात्मक प्रभाव छैन । अरोमाका सबै उत्पादनलाई सबै प्रकृतिका छालामा प्रयोग गर्न सकिन्छ । यसको एप्रकोट तथा ऐलोबेरायुक्त क्रिम निकै उपयोगी छ । अरोमाका उत्पादन लामो शोधपछि बजारमा ल्याइएको हो । 

एभर युथ 

एभर युथले आफ्नो गुणस्तरीय उत्पादनका कारण नेपाली बजारमा लोकप्रियता हासिल गरिसकेको छ । नेपाली बजारमा आएको यसको पिलअप फेसवास तथा स्क्रब निकै चलेको छ । एभर युथका सबै उत्पादन जाडो तथा गर्मीका लागि उपयोगी मानिएका छन् । विभिन्न प्याक तथा फ्लेवरमा उपलब्ध एभर युथका उत्पादनमध्ये वालन, तुलसी तथा एप्पलको जैविक तेल प्रयोग भएका प्रसाधन जाडोका लागि निकै उपयोगी छन् । 

लेक्मी 

लेक्मी निकै पुरानो तथा बहुप्रचलित ब्रान्ड हो । यसलाई नेपाली ग्राहकले वर्षौंदेखि प्रयोगमा ल्याउँदै आएका छन् । यसका स्किन केयरका सबै रेन्ज नेपाली छालाका लागि उपयोगी छन् । लेक्मीका उत्पादनको नियमित प्रयोगले छाला सौम्य तथा चम्किलो रहन्छ । समयअनुसार लेक्मीले पनि आफ्ना उत्पादनमा विभिन्न प्राकृतिक तत्वहरूको जैविक तेल प्रयोग गर्दै आएको छ । विभिन्न साइजमा उपलब्ध यसको प्याकिङ पनि निकै राम्रो मानिन्छ । लेक्मीले बजारमा ल्याएको पिच मोइस्चराइजर क्रिम एसपीएफ २४ युक्त छ । त्यसैगरी लेक्मी पिच मिल्क तथा स्किन ग्लोस लोसनले जाडोमा छालालाई वातावरणीय दुस्प्रभावबाट जोगाउँछ । यसका विन्टर स्किन केयर रेन्ज लोसन तथा क्रिम दुवै फर्ममा उपलब्ध छन् । 

चेज 

डा. नरेश अरोराले आफ्नो लामो शोधपछि बजारमा ल्याएको चेजका उत्पादन निकै राम्रा मानिएका छन् । विभिन्न अरोमा प्रयोग गर्दै बजारमा आएका यसका सबै उत्पादनले छालामा सकारात्मक प्रभाव पार्छन् । यी पूर्णरूपमा स्वास्थ्यवद्र्धक तथा सौन्दर्यको हिसाबले उपयोगी मानिएका छन् । जाडोका लागि तयार पारिएका चेजका मोइस्चराइजर तथा कोल्ड क्रिम भिटामिन ई तथा अरोमा तेलयुक्त छन् । बजेट सुहाउँदो भएकाले छोटो समयमै यसले नेपाली उपभोक्ताहरूको विश्वास जितेको छ । कोका, पपैया तथा लेमन प्रयोग भएका यसका स्किन केयर रेन्ज जाडोका लागि उपयोगी मानिएका छन् । 

ओसिया 

ओसिया हर्बलका स्किन केयर तथा लिप केयर रेन्ज बजारमा उपलब्ध छन् । यसका उत्पादनहरूमा पनि विभिन्न प्राकृतिक तत्वहरूको जैविक तेल प्रयोग गरिएको छ । जाडोका उत्पादनहरूमा कोका तथा बटर प्रयोग गरिएको छ । यसका प्राकृतिक उत्पादनले छाला सौम्य तथा नरम बनाउँछन् । त्यसैगरी जौको जैविक तेल प्रयोग गरिएको क्रिमले अनुहारका कीटाणु मार्न सहयोग गर्छ । यसका सबै रेन्ज अल स्किन टाइपमा उपलब्ध हुन्छन् । .

 Image