Successfully Copied

जाडोमा तौल व्यवस्थापन

जाडो महिना त्यसै पनि धेरै भोक लाग्ने समय हो । जाडोमा खाना धेरै रुच्ने हुँदा तौल बढ्न सक्ने प्रबल सम्भावना हुन्छ ।

  • जाडो महिना त्यसै पनि धेरै भोक लाग्ने समय हो । जाडोमा खाना धेरै रुच्ने हुँदा तौल बढ्न सक्ने प्रबल सम्भावना हुन्छ ।
  •  जाडोमा ताता तथा झोल खानेकुराले शरीरलाई न्यानो प्रदान गर्नुका साथै तौल मेन्टेन गर्न पनि मद्दत गर्छन् ।
  •   एकैपटक धेरै खानेकुरा नखाई थोरै–थोरै तर समय–समयमा खाइरहनुपर्छ ।
  •    कतिपय मानिस जाडोमा फलफूल तथा आइसक्रिम खाँदैनन् । बढी मात्रामा चिया–कफी पिउँछन् । यद्यपि जाडोमा फलफूल बढी खानुपर्छ ।
  •     धेरै चिया–कफी पिउँदा अनिद्रा, बेचैनीजस्ता समस्या देखापर्न सक्छन् तसर्थ चिया–कफी कम सेवन गर्नुपर्छ ।
  •   व्यायामले शरीर छरितो एवं तरोताजा हुन्छ ।

 Image