Successfully Copied

च्यालेन्जिङ भूमिका खोज्दै रेसु

अध्ययनमा अब्बल रेसु तामाङमा सानैदेखि केही नयाँ काम गरौं भन्ने सपना थियो । नाचगान तथा अभिनय गरेर घरमा सबैलाई मख्ख पार्ने रेसु डेब्यु चलचित्र द विनरमा आफ्नो वास्तविक जीवनमा जस्तै विशेष भूमिकामा देखा परेकी छिन् ।

अध्ययनमा अब्बल रेसु तामाङमा सानैदेखि केही नयाँ काम गरौं भन्ने सपना थियो । नाचगान तथा अभिनय गरेर घरमा सबैलाई मख्ख पार्ने रेसु डेब्यु चलचित्र द विनरमा आफ्नो वास्तविक जीवनमा जस्तै विशेष भूमिकामा देखा परेकी छिन् । मंगोलियन हर्टको गीतका साथै अन्य केही पप गीतमा अभिनय गरेकी रेसु आगामी प्रोजेक्टमा च्यालेन्जिङ भूमिकामा देखा पर्ने तथा आफ्नो बेग्लै पहिचान बनाउने योजनामा छिन् । आयुष्मान् देसार तथा मलिना जोशीबाट प्रभावित रेसु दीपिका पादुकोणको अभिनय एवं स्टाइल मन पराउँछिन् । स्नातकोत्तरको तयारीमा रहेकी रेसु अध्ययनलाई पहिलो प्राथमिकता दिने बताउँछिन् । 

 Image