Successfully Copied

ब्युटिपार्लरका उपकरण

यसमा फेसियलसँग सम्बन्धित सबै उपकरण हुन्छन् । यसको मुख्य भागमा म्याग्निफाइङ मिरर, आजोन, स्टिमर, वाइब्रेटरी मसाजर, ब्ल्याक हेड्स रिमुभर तथा कोल्ड मिस्ट स्प्रेयर हुन्छ । ग्राहकले कतै जानु नपरोस् भनेर आराम र सुविधाका लागि फेसियल ट्रलीसँगै फेसियल बेड पनि हुन्छ ।

फुल फेसियल ट्रली 

यसमा फेसियलसँग सम्बन्धित सबै उपकरण हुन्छन् । यसको मुख्य भागमा म्याग्निफाइङ मिरर, आजोन, स्टिमर, वाइब्रेटरी मसाजर, ब्ल्याक हेड्स रिमुभर तथा कोल्ड मिस्ट स्प्रेयर हुन्छ । ग्राहकले कतै जानु नपरोस् भनेर आराम र सुविधाका लागि फेसियल ट्रलीसँगै फेसियल बेड पनि हुन्छ । 

वाइब्रेटरी मसाजर 

यो बिजुलीबाट चल्ने उपकरण हो जसलाई चलाएपछि भाइब्रेसन उत्पन्न हुन्छ । जतिबेला थ्रेडिङ वा हेयर सेटिङका क्रममा ग्राहकको पिठ्युँमा पीडा हुन्छ वा स्पान्डिलाइटिसका कारण गर्दन दुख्न थाल्छ त्यतिबेला यसको प्रयोग गरे पर्याप्त आराम मिल्छ । 

हेयर ड्रायर 

यदि चाँडै हेयर सेटिङ गराउनु छ भने हेयर ड्रायरले केशलाई क्षणभरमा सुकाउन सकिन्छ । 

फुट मसाजर 

पेडिक्योरका लागि पार्लरमा बिजुलीबाट चल्ने फुट मसाजर राखिन्छ जसलाई चलाएपछि उत्पन्न हुने कम्पनले खुट्टा र जोर्नीको पीडामा राहत प्रदान गर्छ । 

इलेक्ट्रोलिसिस 

महिलाको ओठ र नाकको बीच भाग तथा नाइटोमा रौं आए हीन भावनाले सताउन थाल्छ तर अब पार्लरमा उपलब्ध उपकरणले यसबाट सधैका लागि छुटकारा प्राप्त गर्न सकिन्छ । यो उपचार केही महँगो हुन्छ र ५–६ सिटिङ पनि लाग्न सक्छ । कहिलेकाहीँ फेरि पनि रौं उम्रन सक्छ । यसको साइड इफेक्ट पनि हुनसक्छ । त्यसैले अहिले थर्मोलिसिसको चलन छ । यो कम खर्च, बढी सुरक्षित एवं कम सिटिङमा पूरा हुने उपचार हो । 

कमसल पार्लरको खराब परिणाम 

आधा–अपूरो तालिम लिएर पैसा कमाउने लोभमा खोलिएका ब्युटिपार्लर प्रत्येक मामिलामा कमसल हुन्छन् । यस्ता पार्लरमा कुनै पनि सेवाका लागि कति शुल्क लाग्छ तोकिएको हुँदैन । ग्राहकबाट मनोमानी ढंगबाट पैसा असुलिन्छ । पैसा कमाउने चक्करमा कतिपय पार्लरले सस्ता र कमसल कस्मेटिक्स प्रयोग गर्छन् । जसका कारण अनुहार सुन्निनुका साथै छालामा डाबर पनि देखापर्न सक्छ । पेडिक्योरका लागि पानीमा राम्रो स्याम्पुको ठाउँमा डिटर्जेन्ट मिसाएर काम चलाइन्छ । त्यसपछि खुुट्टाको छाला मुलायम हुनुको साटो कठोर भएर चिरा पर्न थाल्छ । कतिपय पार्लरमा प्रयोगमा आउने सामान एवं उपकरण अनस्टेरलाइज नै हुन्छन् जसबाट इन्फेक्सनको खतरा हुन्छ । 

सुन्दर देखिने होडले आज स–साना नानीहरूलाई पनि छोडेको छैन । उनीहरू पनि फेसियल गराउन पछाडि पर्दैनन् । यद्यपि कतिपयले ती साना नानीहरूलाई कम उमेरमा फेसिययल गराउँदा अनुहारमा नकारात्मक प्रभाव पर्छ भन्दैनन् । फेसियल २५–२६ वर्षका महिलाले नै गराउनुपर्छ र महिनामा एकपटक भन्दा बढी गराउनुहुँदैन । एउटा राम्रो ब्युटिपार्लरबाट ब्युटी ट्रिटमेन्ट लिने महिलामा जुन सन्तुष्टि र आत्मविश्वास उत्पन्न हुन्छ त्यो कमसल पार्लरबाट प्राप्ग गर्नुु असम्भव छ । 

 Image