Successfully Copied

नृत्यमा अब्बल कमला

कमला दाहाल, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासकी केन्द्रीय बरिष्ठ उपाध्यक्ष टिपिकल नेपाली कल्चरल शोमा राम्रो नृत्य प्रस्तुत गर्ने विशेष कला भएकी डान्स पारखी हुन्–कमला । उनी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासकी केन्द्रीय बरिष्ठ उपाध्यक्ष पनि हुन् ।

कमला दाहाल, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासकी केन्द्रीय बरिष्ठ उपाध्यक्ष 

टिपिकल नेपाली कल्चरल शोमा  राम्रो नृत्य प्रस्तुत गर्ने विशेष कला भएकी  डान्स पारखी हुन्–कमला । उनी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासकी केन्द्रीय बरिष्ठ उपाध्यक्ष पनि हुन् । हाल जर्मनमा बसोबास गर्दै आएकी कमलालाई नृत्य क्विनको उपमा दिँदा फरक पर्दैन । उनको रुचिको कुरा गर्ने हो भने स्टेजको एक छेउमा आफ्ना सन्तानलाई दूध चुसाएर आफू त्यही स्टेजमा नाच्ने कला उनमा छ । सानैदेखि नृत्यमा रुचि भएकी र यस्ता कार्यक्रमहरूमा आफ्नो कला थुप्रै ठाउँमा प्रस्तुत गरिसकेकी छिन्।

युरोपका प्राय: मुलुकमा डान्स गरिसकेकी कमलाले एउटा कार्यक्रममा पाँच पटकसम्म नाचेकी छिन् । उनी भन्छिन्–‘आफू स्वदेशमा रहेर पनि कलामा टिकिराख्नुको कारण विदेशीहरूले पनि नेपाली कला–संस्कृति अत्यन्त मन पराइदिनु हो ।’सानैदेखि कलाप्रति रुचि राख्ने कमलालाई  विवाहपछि  उनका श्रीमान्ले हौसला दिइरहे । राजु शाहको सपनाको नौलो संसार चलचित्रमा महिलाको मुख्य भूमिका निभाएकी कमलाले हिमेश, किशोर भट्टराई  र ओमविक्रम विष्टका गीतहरूमा मोडलिङ पनि गरेकी छिन् । सिरियलमा समेत आफ्नो कला प्रस्फुटन गर्न भ्याएकी कमला दुई छोरीकी आमा हुन् । 

आफू आबद्ध इनासका बारेमा उनले निकै प्रशंसा गरिन्  । कमला इनास नेपाली कला, संस्कृितको जगेर्ना र प्रबद्र्धनका लागि जन्मिएको दाबी गर्छिन् । सन् २०१२ देखि सुरू भएको इनास वास्तवमै कला र संस्कृति प्रवद्र्धनमा दह्रिएको छ । उनी भन्छिन्– इनास अवार्ड खोल्नुको अर्काे सकारात्मक पक्ष नेपाली कलाकारको विपद्का बेला उपचारका लागि सहयोग कोषका रूपमा खोलिएको कमलाले बताइन् । 

 Image