Successfully Copied

परम्परागत भान्सा

भान्सा सजाउन रुचाउने तथा भान्सा डिजाइनमा कलात्मक सोच भएकाहरूका लागि नयाँ अवधारणा सिर्जना गर्ने कला परम्परागत भान्साले प्रदान गर्छ । यो भान्सा कालिगढको सीपमार्फत तयार पारिन्छ । पुराना विश्वप्रख्यात कालिगढहरूले बनाएको डिजाइनलाई आधार मानी परम्परागत भान्सा बनाइन्छ ।

भान्सा सजाउन रुचाउने तथा भान्सा डिजाइनमा कलात्मक सोच भएकाहरूका लागि नयाँ अवधारणा सिर्जना गर्ने कला परम्परागत भान्साले प्रदान गर्छ । यो भान्सा कालिगढको सीपमार्फत तयार पारिन्छ । पुराना विश्वप्रख्यात कालिगढहरूले बनाएको डिजाइनलाई आधार मानी परम्परागत भान्सा बनाइन्छ । युगौंदेखिका पुराना प्रतिमा उतारेर भान्साको डिजाइन गरिनुका साथै शाही परिवारको भान्साको स्टाइलमा परम्परागत भान्सा पनि निर्माण हुन्छ । प्राचीन प्रतिमाहरूको चित्रण गरिएको यो भान्सामा क्लासिक स्टाइल झल्कन्छ । 

मोडुलर भान्सा

मोडुलर भान्साको कन्सेप्ट अहिले विश्वाव्यापी हुँदै गएको छ । आधुनिक शैलीमा तयार पारिने मोडुलर भान्साले आजको युगका मानिसहरूको सपना पूरा गरिदिन्छ । नेपालमा समेत लोकप्रिय हँुदै गएको मोडुलर भान्साले उपयोगिता र मूल्य दूवै कुुरालाई समेट्न सक्छ । सुरक्षित भविष्यका लागि विशेष ठोस वस्तुबाट यो भान्सा तयार पार्न सकिन्छ । काठका टुक्रा, ग्रेनाइट, मार्बल तथा ठोस सतहबाट यो भान्साको निर्माण गरिएको हुन्छ । यो जति आकर्षक देखिन्छ उति नै यसका फाइदा पनि छन् । भान्साको काम गर्दा होस् वा घरका सबै सदस्य भेला भएर विभिन्न परिकार वा खाना खाँदा होस् मोडुलर भान्साले एउटा बेग्लै प्रकारको आनन्द प्रदान गर्छ । 

आउटडोर भान्सा

आउटडोर भान्सा तथा खानाको भिन्न स्वादका लागि उपयुक्त मानिन्छ । यस्तो भान्सा रिसोर्टहरूका लागि उपयोगी हुन्छ । यो भान्सा आकर्षक शैलीमा तयार गरिएको हुन्छ जहाँ भान्सा वरिपरिको वातावरण प्रत्यक्ष अवलोकन गर्दै खानाको स्वाद लिन सकिन्छ । साथीभाइ एवं परिवारका साथमा वरिपरि बसेर आगो ताप्दै मनोरञ्जन लिन आउटडोर भान्सा प्रभावकारी हुन्छ । यो भान्सा खुल्ला ठाउँमा मात्र निर्माण गर्न सकिन्छ । यो भान्सामा टेलिभिजन, फायर प्लेस, वाटरफल एवं अन्य प्राकृतिक सुन्दरतामा रमाउँदै आफूलाई मन पर्ने खाना तयार गरी खान सकिन्छ । 

 Image