Successfully Copied

भाँडा माझ्दा

खाना बनाउन जति मेहनत गरिन्छ त्योभन्दा बढी समय तथा मेहनत भाँडा माझ्न लाग्छ । यद्यपि अहिले पहिलेजस्तो घन्टौं लगाएर भाँडा माझ्नु पर्दैन । मेसिनको आविष्कारले भाँडा माझ्न सजिलो भएको छ । मेसिन छैन भने पनि केही उपाय अपनाएर सजिलै भाँडा माझ्न सकिन्छ ।

खाना बनाउन जति मेहनत गरिन्छ त्योभन्दा बढी समय तथा मेहनत भाँडा माझ्न लाग्छ । यद्यपि अहिले पहिलेजस्तो घन्टौं लगाएर भाँडा माझ्नु पर्दैन । मेसिनको आविष्कारले भाँडा माझ्न सजिलो भएको छ । मेसिन छैन भने पनि केही उपाय अपनाएर सजिलै भाँडा माझ्न सकिन्छ । भाँडा माझ्नुअघि सबै भाँडालाई खाली गरेर पानीमा केही समय भिजाएर राख्नुपर्छ । त्यसको केही समयमा भाँडा धोइहाल्नुपर्छ । धेरैबेरसम्म त्यत्तिकै राख्दा भाँडा सुकेर सफा गर्न अझ गार्‍हो हुन्छ ।

भाँडामा बढी चिल्लो लागेको छ भने तातोपानीले धुनुपर्छ । सबै भाँडा तातोपानीले धोए छिटो र राम्रोसँग सफा हुन्छ । स्क्रेच हटाउन दूध–दही राखिएका भाँडामा चिसो पानी प्रयोग गर्नुपर्छ । तातोपानीले ती भाँडा चिपचिप हुनसक्छन् । कागती घोटेर वा मिसाएर धोए भाँडा राम्रोसँग सफा हुन्छन् । भाँडा माझ्ने स्पन्जको छनोट पनि विचार पुर्‍याएर गर्नुपर्छ । एकतर्फ नरम र अर्कातिर खस्रो टाइपको स्पन्ज छान्नुपर्छ । भाँडा माझ्नुलाई बोरिङ कामका रूपमा लिनु हुँदैन । त्यसैले राम्रो वा सुगन्धित लिक्विड वा साबुन छान्नुपर्छ । भाँडामा पानीको दाग पनि लाग्छ जुन सार्‍है नराम्रो देखिन्छ । यसबाट जोगिन पानीमा अलिकति भेनेगर मिसाएर भाँडा पखाल्दा राम्रोसँग सफा हुन्छ । म्युजिक बजाएर भाँडा माझ्दा अझ रमाइलोसँग काम गर्न सकिन्छ । 

कतिपय अवस्थामा खाना पकाउँदा भाँडा डढेर सफा गर्न एकदम कठिन हुन्छ । त्यस्ता भाँडालाई सफा गर्नुअघि रातभरि बेकिङ सोडा वा नुन पानीमा भिजाएर राख्नुपर्छ । डढेका भाँडा भेनेगर वा बेकिङ सोडाले पनि सफा गर्न सकिन्छ । भाँडा एकदमै खराब भएका छन् भने पानी र आधा कप डिसवासर पाउडर वा बेकिङ सोडा मिसाउनुपर्छ । त्यसलाई उम्लिएपछि निकालेर एक घन्टा त्यत्तिकै छोड्नुपर्छ । सफाइका साथ भाँडालाई कीटाणुमुक्त राख्नु पनि त्यत्तिकै जरुरी हुन्छ । त्यसका लागि एन्टिजर्म लिक्विड क्लिनर प्रयोग गर्न सकिन्छ । सुख्खा डिटर्जेन्ट प्रयोग गर्ने हो भने त्यसलाई सुख्खा राख्ने प्रयास गर्नुपर्छ । साबुन प्रयोग गर्ने हो भने भाँडा धोएपछि साबुनमा रहेको पानी फालिदिनुपर्छ नत्र साबुन छिट्टै गल्छ ।

भाँडा माँझ्दा पन्जा लगाउनुपर्छ जसले हात तथा छालालाई सुरक्षित राख्छ । पन्जा लगाउँदा हात सुख्खा हुन र फुट्न पाउँदैन भने डिटर्जेन्टको केमिकलबाट पनि जोगिन सक्छ । माझ्ने क्रममा भाँडाहरू फुट्न वा टुट्न सक्छन् । त्यसैले भाँडा माझ्दा पहिले काँचका गिलासहरू त्यसपछि प्लेट, त्यसपछि बाबल र त्यसपछि मात्र कराही, पकाउने भाँडाहरू माझ्नुपर्छ । एक–एक भाँडा धुनुभन्दा ठूलो भाँडामा राखेर एकै पटक धोए पानीको बचत हुन्छ । 

 Image