Successfully Copied

भान्सामा भण्डारण

भान्सालाई घरको अहम् हिस्सा मानिन्छ । यो भाग निकै चलायमान पनि हुन्छ । भान्सामा खाना तयार गरिन्छ । त्यसका लागि विविध वस्तुको आवश्यकता पर्छ । खाना तयार गर्दा चाहिने सामग्रीहरूको आ–आफ्नै महत्व हुन्छ । कुनै सामान लामो समयका लागि खरिद गर्न सकिन्छ भने

भान्सालाई घरको अहम् हिस्सा मानिन्छ । यो भाग निकै चलायमान पनि हुन्छ । भान्सामा खाना तयार गरिन्छ । त्यसका लागि विविध वस्तुको आवश्यकता पर्छ । खाना तयार गर्दा चाहिने सामग्रीहरूको आ–आफ्नै महत्व हुन्छ । कुनै सामान लामो समयका लागि खरिद गर्न सकिन्छ भने कुनै सामान छोटो समयका लागि खरिद गरिन्छ । आफ्नो आवश्यकताअनुसार सामानहरूको भण्डारण गर्नुपर्छ । 

घरमा चाहिने सामानहरूको भण्डार विचार पुर्‍याएर गर्नुपर्छ । आफूलाई चाहिने सामानहरू वर्गीकरण गरी खरिद गर्नुपर्छ । कुनै सामान लामो समयका लागि चाहिन्छ भने कुनै छोटो समयमै प्रयोग गर्नुपर्ने हुन्छ । थोकमा सामान खरिद गर्ने हो भने होलसेलबाट खरिद गर्नुपर्छ । कुनै सामान फ्रिजमा भण्डारण गर्नुपर्छ कुनै सामान भण्डार कोठामा भण्डारण गरेर राख्नुपर्छ । सामानहरू भण्डारण गर्दा निकै ध्यान पुर्‍याउनुपर्छ । आफूलाई चाहिने जति सामान मात्र खरिद गर्नुपर्छ । यदि खरिद गरिए पनि त्यसको भण्डारणमा विचार पुर्‍याउनुपर्छ । आर्थिक हिसाबले हेर्दा भण्डारण पनि महत्वपूर्ण कला हो । 

अन्नको भण्डारण 

  • वर्षभरिका लागि चाहिने चामल, गहुँ, दाल भण्डारण गर्नुअघि घाममा राम्रोसँग सुकाउनुपर्छ । 
  • अन्न भण्डार गर्दा चिसोबाट जोगाउनुपर्छ । 
  • चामललाई लामो समयसम्म राख्न धनसार प्रयोग गर्न सकिन्छ । 
  • दाल भण्डारण गर्दा राम्रोसँग घाममा सुकाएर त्यसमा पोरको गोली राख्नुपर्छ । पोरको गोली बजारमा खरिद गर्न सकिन्छ । 
  • अचारलाई सिसाको बोतलमा भरेर राख्नुपर्छ । सिसाको बोतलमा राख्दा अचार खराब हुँदैन । 

मासिक भण्डारण 

  • चिनी तथा नुनलाई प्लास्टिकको ब्यागमा राम्रोसँग बाँधेर राख्नुपर्छ । यसो गर्दा चिसो तथा कमिला पस्न पाउँदैन । 
  • नुनलाई लामो समयसम्म स्टिलको भाँडामा राख्नु हुँदैन । 
  • सबै मसलालाई प्लास्टिकको पारदर्शी डिब्बामा राख्नुपर्छ । डिब्बामा के छ त्यसको नाम पनि टाँस्नुपर्छ । यसो गर्दा मसला खोज्ने झन्झट हुँदैन । 
  • दिनहुँ चाहिने सामानको भण्डारण 
  • बचेको तरकारी, अचार तथा अन्य खाद्यपदार्थलाई कचौरा वा कुनै देखिने डिब्बामा राख्नुपर्छ । भान्सामा सदैव प्रयोग गरिने खाद्य सामग्री होलसेलबाट खरिद गर्नुपर्छ । 
  • मासु, माछालाई राम्रोसँग पखालेर कुनै सफा भाँडामा खन्याएर फ्रिजमा राख्नुपर्छ । 
  • तरकारीलाई भण्डारण गर्दा धेरै धुनु हुँदैन । तरकारीमा माटो भए धोएर सुकाउनुपर्छ । किनभने पानीले तरकारीलाई खराब बनाउँछ । 
  • हरियो पात भएको तरकारी राम्रोसँग सफा गरेर कागजमा बेरेर प्लास्टिक ब्यागमा राखी फ्रिजमा थन्क्याउँदा लामो समयसम्म ताजा रहन्छ । 
  • अरू तरकारीलाई पनि प्लास्टिकको ब्यागमा राख्नुपर्छ । समय–समयमा फ्रिजका सामग्री परीक्षण गरिरहनुपर्छ । फ्रिजमा रहेका सडे–गलेका तरकारी निकालेर फाल्नुपर्छ । खराब तरकारीले अरू तरकारीलाई पनि असर पुर्‍याउँछ । 
  • गर्‍हौं वस्तुलाई लामो समयसम्म फ्रिजमा भण्डारण गर्न सकिन्छ । 
  • कमला फलफूललाई डिप फ्रिजमा राख्नुपर्छ । 
  • फ्रिजमा राखिने बोतलको बिर्को राम्रोसँग बन्द गर्नुपर्छ । 
  • फ्रिजमा राखिने डिब्बामा पनि लेबल लगाएर राख्नुपर्छ । 

 Image