Successfully Copied

विवाहको व्यवस्थापनका लागि के–के कुरामा ध्यान दिनुपर्छ ?

धेरै फाइदा छन् । केटा वा केटी पक्षले विवाहको जिम्मेवारी पार्टी प्यालेस तथा इभेन्टलाई दिए आफूले कुनै झन्झट व्यहोर्नु पर्दैन । पाहुनालाई के खान दिने, कसरी स्वागत गर्ने भन्ने कुराबाट मुक्त भइन्छ ।

नीता पौडेल, प्रबन्ध निर्देशक, वेलकम वेडिङ इभेन्ट

विवाहको व्यवस्थापनका लागि के–के कुरामा ध्यान दिनुपर्छ ? 

विवाहको व्यवस्थापनका लागि धेरै कुरामा ध्यान दिनुपर्छ । छोराछोरीको विवाहमा स–साना कुरा छुटिरहेका हुन्छन् । त्यसमा विशेष ध्यान पुर्‍याउनुपर्छ । इन्गेजमेन्टदेखि विवाहसम्मको पूरै प्याकेजमा धेरै कुरा आवश्यक हुन्छन् । स्वयंवरको माला, निम्ता, पान, साइपाटाजस्ता सबै कुरा मिलाउनुपर्ने भएकाले सजग रहनु आवश्यक छ । 

वेडिङ म्यानेजमेन्टमा के–कस्ता सुविधा उपलब्ध हुन्छन् ? 

यहाँ विवाहका लागि पूर्ण प्याकेज उपलब्ध हुन्छ । यहाँ इन्गेजमेन्ट, मेहन्दीदेखि पार्टीसम्मका पूरै प्याकेज, जन्तीको स्वागत, गाडी, बग्गी, बाजा, गेस्टको तयारी, हनिमुन प्याकेजसम्मको सुविधा छ । हामी ग्राहकको आवश्यकतानुसार सेवा प्रदान गर्छौं ।

केटी पक्षको विवाहमा जन्तीको स्वागत फूलमाला दिएर हामी आफै पनि गर्छौं । एउटा विवाहमा बेहुलालाई लिन सेतो घोडी चाहिएको थियो, त्यो पनि हामीले उपलब्ध गराएका थियौं । यस्तै कतिपय विवाहमा केटी पक्षको चाहनाबमोजिम बेहुलीका लागि हामीले डोलीको व्यवस्था पनि गरेका छौं ।

यसरी विवाह गर्नुको फाइदा ?

धेरै फाइदा छन् । केटा वा केटी पक्षले विवाहको जिम्मेवारी पार्टी प्यालेस तथा इभेन्टलाई दिए आफूले कुनै झन्झट व्यहोर्नु पर्दैन । पाहुनालाई के खान दिने, कसरी स्वागत गर्ने भन्ने कुराबाट मुक्त भइन्छ ।

टेन्सन इभेन्ट म्यानेजमेन्ट कम्पनीले बेहोर्छ ।यो कत्तिको महँगो छ ? 

त्यति महँगो छैन । घरमा लाग्ने खर्चजस्तै पर्छ । विवाहको प्याकेज पूर्ण प्याकेज हो–होइन, आगन्तुकहरूको संख्या, गरिने व्यवस्था आदि हेरेर नै मूल्य निर्धारण हुन्छ । 

 Image