Successfully Copied

महिनावारी बार्नु ठीक होइन

गत महिना नारी विशेष स्तम्भअन्तर्गत महिलामैत्री छैन महिनावारी पढेपछि केही लेख्न मन लाग्यो । महिनावारी हुनु प्राकृतिक कुरा हो । जैविक दृष्टिले महिला तथा पुरुषको शारीरिक बनोट फरक हुन्छ । जैविक विशेषताकै कारण महिलाहरूलाई महिनावारी हुनुपर्ने बाध्यता पनि छ ।

गत महिना नारी विशेष स्तम्भअन्तर्गत महिलामैत्री छैन महिनावारी पढेपछि केही लेख्न मन लाग्यो । महिनावारी हुनु प्राकृतिक कुरा हो । जैविक दृष्टिले महिला तथा पुरुषको शारीरिक बनोट फरक हुन्छ । जैविक विशेषताकै कारण महिलाहरूलाई महिनावारी हुनुपर्ने बाध्यता पनि छ । हामीकहाँ विशेष गरी ब्राह्मण, क्षेत्री समुदायमा महिनावारी हुँदा भान्सा तथा अन्य कोठामा प्रवेश गर्नु हुँदैन  र व्रतबन्ध गरेका पुरुषलाई छुनुहुँदैन भन्ने मान्यता पनि छ ।

फलत: महिनावारी भएको तीन दिन बिताउन महिलालाई असाध्यै पीडा हुन्छ । उनीहरू यसलाई मनले नमाने पनि छाडिहाल्न सक्दैनन् । यो गलत परम्परा हो । यस्तो परम्परा महिला विकासको बाटोमा बाधक छ । महिनावारी प्राकृतिक नियम हो र यो अपवित्र कुरा होइन तसर्थ यस्तो परम्परालाई पूर्णरूपमा नकार्न सक्नुपर्छ । नेपालमा अहिले पनि कतिपय ठाउँमा महिनावारीको समयमा महिलालाई घरबाहिर राख्ने चलन छ । ग्रामीण भेगमा त पहिलोपटक महिनावारी हुँदा गोठमा सुताउने चलन छ । सहरतिर पनि घरका केटा मानिस तथा घाम हुेर्नु हुँदैन भनेर कोठाभित्रै राख्ने चलन यथावत् छ । यसले महिलालाई मानसिक रूपमा असर पार्नुका साथै शारीरिक रूपमा पनि असर गर्न सक्छ ।

फोहोर ठाउँमा बस्दा, सुत्दा फोहोरका कारण बिरामी हुने सम्भावना पनि उत्तिकै रहन्छ भने विद्यालय जाने किशोरीहरूको पढाइसमेत छुट्छ । महिनावारी हुनु कुनै नराम्रो कुरा होइन यो महिलाको मासिक चक्र हो तसर्थ कुनै आम महिलाले समाजमा वर्षौंदेखि जरो गाडेर बसेका यस्ता कुरीति हटाउन आफूबाटै पहल थाल्नु आवश्यक छ । 

शैलजा अधिकारी, स्याङ्जा

 Image