Successfully Copied

युवा आशाले आश जगायो

हाम्रो सामाजिक व्यवस्थाका कारण महिलाहरू पुरुषमाथि निर्भर रहनुपर्ने तीतो यथार्थ छ तर क्षमताको कुरा गर्ने हो भने महिलाहरू पनि कम छैनन् ।

हाम्रो सामाजिक व्यवस्थाका कारण महिलाहरू पुरुषमाथि निर्भर रहनुपर्ने तीतो यथार्थ छ तर क्षमताको कुरा गर्ने हो भने महिलाहरू पनि कम छैनन् । सामाजिक परिपाटीका कारण क्षमता देखाउन नपाएर खुम्चिरहेको छ उनीहरूको प्रतिभा । जब युवा महिला नयाँ जोसका साथ अघि बढ्छन् तब उनीहरू हरेक मोर्चामा अग्रपङ्क्तिमा उभिन्छन् ।

गत महिनाको नारीमा प्रकाशित ‘युवा आशा’ पढेपछि ममा ठूलो हिम्मत जागेको छ । राजनीतिक, सामाजिक, आर्थिक, सिर्जनात्मक आदि हरेक क्षेत्रमा उदीयमान युवा महिलाहरूले जुन उत्साह प्रदर्शन गरेका छन् त्यो प्रेरक छ । म ती सम्पूर्ण युवा महिलाहरूलाई सलाम गर्न चाहन्छु । 

सविना बर्तौला, चितवन

 Image