Successfully Copied

एक–अर्काको साथ चाहने जोडी

डर थियो समालाई । समुदायमा संघर्ष गरी स्थापित गरेको आफ्नो नाम वैवाहिक सम्बन्धको सागरमा डुब्ने डुँगा हुने त होइन, घरभित्र रुमल्लिएर बस्नुपर्ने त होइन ? शंका थियो तर अहिले शंका गरेजस्तो रहेन जीवन । बरू स्वतन्त्रता थपियो अझै ।

 

म स्वतन्त्रता मन पराउँथें

पन्छीझैं उड्न चाहन्थें

डर थियो 

विवाहपछि कतै मेरो प्वाँख काटिन्छ कि 

तर

सोचेजस्तो भएन

मैले अझ निर्धक्क रूपमा प्वाँख फिजाएर उड्न पाएँ....

डर थियो समालाई । समुदायमा संघर्ष गरी स्थापित गरेको आफ्नो नाम वैवाहिक सम्बन्धको सागरमा डुब्ने डुँगा हुने त होइन, घरभित्र रुमल्लिएर बस्नुपर्ने त होइन ? शंका थियो तर अहिले शंका गरेजस्तो रहेन जीवन । बरू स्वतन्त्रता थपियो अझै । फेसन डिजाइनर समा बानु विवाहपछि हाल अमेरिकामा छिन् । विवाहअघिसम्म माया–प्रेमका बारेमा अनभिज्ञ समा विवाहपछि नै माया के रहेछ भनेर आफूले थाहा पाएको बताउँछिन् ।

सन् २०११ मा एकजना साथीबाट चिनजान भएका उनीहरूले विवाहअघि डेटिङ जाने अवसर पाएनन् । त्यसपछि परिवारबाट मिलाएर कुरा अघि बढाइयो । अमेरिकन आर्मीमा आबद्ध श्रीमान् सरफराज अहमद रहिनसँग जीवन र करियर अघि बढाइरहेकी समालाई श्रीमान्ले फेसन डिजाइनिङमा अझ उत्कृष्ट बनाउने सोचले फेसन कलेज भर्ना गरिदिए । श्रीमतीको हरेक काम, करियर तथा इच्छामा पूर्ण सहयोग गर्ने जीवनसाथी पाउँदा समा दंग छिन् । हरेक कुरामा एक–अर्काको साथ पाइरहेको यो जोडीको जीवन राम्रोसँग बितिरहेको छ । दुवै एकै स्वरमा भन्छन्–‘हामी साथ भएकोमा एकदमै भाग्यमानी महसुस गर्छाैं ।

हाम्रो साथ हरेक जुनीमा होस् भन्ने चाहना पनि छ ।’ समा भन्छिन्–‘मेरा कमी–कमजोरी देखाएर सही बाटोमा अग्रसर हुन सपोर्ट गर्नु चानचुने कुरा होइन । विवाहअघिको मेरो सारा डर उनीसँगको विवाहपछि हटेको छ । मैले आफ्नो क्षेत्रमा निखारिने अवसर पाएकी छु ।’ फुर्सदमा सँगै घुमघाम गर्ने, घरमै मीठा–मीठा परिकारहरू बनाएर खाने यो दम्पतीको संगीत र चलचित्रसम्बन्धी च्वाइस पनि मिल्दोजुल्दो छ । विवाहअघि डेटिङ जान नपाए पनि अहिले उनीहरू नयाँ–नयाँ ठाउँहरू घुम्दैछन् ।   

 

समाको दृष्टिमा सरफराज अहमद रहिनको राम्रो पक्ष :  कुनै पनि कुरामा रियाक्ट नगर्ने, अरूको कुरा सुन्ने, छिटो नरिसाउने, समझदार एवं परिपक्व । 

सरफराजको दृष्टिमा समाको राम्रो पक्ष : अरूको बढी केयर गर्ने, मेरो कुरा बुझिहाल्ने, क्रिएसनको काममा मन दिने । 

विवाह टिकाउने मन्त्र : एक–अर्काको कुरा बुझ्न सके वैवाहिक सम्बन्ध चिरस्थायी हुन्छ ।

 Image