Successfully Copied

टेरियाको जादु

सन् २०१४ मा डिआइडी लिटिल मास्टर्समा ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी रुपन्देही, रुद्रपुरकी टेरिया मगरले यसपटक अर्को ठूलो सफलता हासिल गरेकी छिन् ।

सन् २०१४ मा डिआइडी लिटिल मास्टर्समा ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी रुपन्देही, रुद्रपुरकी टेरिया मगरले यसपटक अर्को ठूलो सफलता हासिल गरेकी छिन् । भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने झलक दिखला जा सिजन–९ को गत महिना सम्पन्न फाइनलमा तेरियाले अन्य २ फाइनलिस्टभन्दा बढी मत प्राप्त गरेकी थिइन् । गत जुलाईमा प्रारम्भ भएको यो प्रतियोगितामा १२ जोडी (पुरुष र महिला) डान्स सेलिब्रेटी प्रतिस्पर्धामा थिए ।

टेरिया अक्टुबर ८ तारिखमा जुनियर च्यालेन्जरका रूपमा यो रियालिटी शोमा प्रवेश गरेकी थिइन् । रोचक कुरा के भने प्रतियोगितामा प्रवेश गरेको दुई हप्तामै आउट भएकी टेरिया वाइल्ड कार्डमार्फत अन्य तीन जनासँगै पुन: त्यसमा सहभागी भएकी हुन् । वाइल्ड कार्डबाट प्रवेश पाएकामध्ये निर्णायकको नजरमा सबैभन्दा उत्कृष्ट ठहरिएर टेरिया टप फाइभ हुँदै फाइनलमा पुगेकी हुन् ।

 Image