Successfully Copied

मिड डे मोइस्चराइजर

कुनै पनि मोइस्चराइजरको प्रभाव ६–७ घन्टापछि कम हुन्छ । यसलाई लन्चपछि लगाउँदा छालामा चमक आउँछ ।

कुनै पनि मोइस्चराइजरको प्रभाव ६–७ घन्टापछि कम हुन्छ । यसलाई लन्चपछि लगाउँदा छालामा चमक आउँछ । कामकाजी महिलाले यसलाई आफ्नो ब्यागमा राखी आवश्यकतानुसार प्रयोग गर्न सक्छन् । अहिले बजारमा मोइस्चराइजर स्प्रे पनि उपलब्ध छ । छाला सुख्खा छ भने दिउँसो एकपटक अनुहार सफा गरेपछि मोइस्चराइजर स्प्रे प्रयोग गर्न सकिन्छ । 

छाला नर्मल छ भने गुलाबजलको स्प्रे बोतल ब्यागमा बोक्नुपर्छ र आवश्यकतानुसार अनुहारमा प्रयोग गर्नुपर्छ । भिजेको कपासले अनुहार सफा गरेपछि गुलाबजल स्प्रे गर्नुपर्छ । इभनिङ फेसवास र टोनर 

साँझपख फ्रुटवासले अनुहार सफा गर्नुपर्छ । बजारमा फ्रुटपल्पयुक्त फेसवास उपलब्ध छन् । घामबाट फर्किएपछि फ्लेकटोटेन फेसवास लगाउनुपर्छ । अनुहारमा चायाँ–पोतो तथा र्‍यासेज छ भने मेडिकेटेड वा तुलसी, निम अथवा बेसारयुक्त फेसवास प्रयोग गर्नुपर्छ । अनुहार धोएपछि फेस टोनर प्रयोग गर्नुपर्छ । अनुहारलाई थपथपाएर सुख्खा बनाई केही समयसम्म त्यत्तिकै छोड्नुपर्छ । गुलाबजल र एलोबेराको रसलाई पनि राम्रो टोनर मानिन्छ । 

रात्रिकालीन ब्युटी रुटिन 

नाइट सिरम : छालामा दिनभरिको प्रदूषणले पारेको प्रभावलाई नाइट सिरमले कम गर्छ । राति सुत्नुअघि अनुहारमा नाइट सिरम प्रयोग गरी हल्का हातले मसाज गर्नुपर्छ । यसले छालाका मृतकोषिकाहरू हटाई नयाँ कोषिका निर्माण गर्न मद्दत गर्छ । सामान्य छालामा नर्मल क्रिम वा मोइस्चराइजर प्रयोग गरिन्छ भने सुख्खा छाला हुनेहरूले त्यसमा बदामको तेलको दुई थोपा मिसाएर प्रयोग गर्नु उपयुक्त हुन्छ। 

रेटिनल : रेटिनल ट्युव डार्क करेक्टर हो । यसलाई लगाएपछि छालामा भिटामिन ‘ए’ को कमी हुँदैन र अनुहारलाई प्राकृतिक चमक प्राप्त हुन्छ । मेकअप लगाउँदा यसले स्मुद इफेक्ट दिन्छ । 

अन्डर आई क्रिम : राति सुत्नुअघि अन्डर आई क्रिम लगाउनुपर्छ । यसले आँखामुनि देखिने मसिना रेखा एवं सुख्खापन हटाउँछ । यसबाट छाला कोमल हुने भएकाले राम्रो लुक प्राप्त हुन्छ । 

नाइट क्रिम : नाइट क्रिम लगाए छालाको नरमपन कायम रहन्छ । प्रभावित छाला रिल्याक्स हुन्छ भने घामको प्रभावसमेत कम हुन्छ । यो क्रिम लगाएपछि भोलिपल्ट बिहान पार्लरमा फेसियल गराएजस्तो प्रभाव देखा पर्छ । 

लिपबाम : पानीको कमीका कारण ओठ सुक्छ र फुट्छ । यस क्रममा ओठमा पाप्रा जम्छ । लिपबाम लगाउँदा बिहान ओठमा जम्मा भएको पाप्रालाई हल्का हातले मलेर निकाल्न सकिन्छ । लिपबामको नियमित प्रयोगले ओठ कोमल हुन्छन् । सातामा एकपटक लिप स्क्रव प्रयोग गर्नुपर्छ । 

साप्ताहिक उपचार

सातामा एकपटक फ्रुट बडी स्क्रव गराउनुपर्छ । यसबाट मृतछाला निस्कने हुँदा छाला सफा एवं चम्किलो देखिन्छ । सातामा एकपटक हेयर ओइलिङ तथा हट ओइल ट्रिटमेन्ट गर्नुपर्छ । यस क्रममा अण्डा वा दहीको हेयर प्याक पनि लगाउन सकिन्छ । सातामा एकपटक बडी ओयल मसाज गराउनुपर्छ । यसबाट छालाको सुख्खापन हट्छ र बडी टोन हुन्छ । 

सातामा एकपटक नुनपानीमा खुट्टा भिजाएर, दस मिनेटपछि फ्रुट स्क्रबरले मृत छाला निकाल्नुपर्छ । त्यसपछि फुट क्रिम लगाएर ५ मिनेटपछि मसाज गरी फुट प्याक प्रयोग गर्नुपर्छ । फुट प्याक लगाएको १५ मिनेटपछि खुट्टा धोएर नङलाई सेप दिई मोइस्चराइजर लगाउनुपर्छ । यसैगरी मेनिक्योर पनि गर्न सकिन्छ । आफ्नो छालाको टोनअनुसार सातामा एकपटक फेस क्लिनिङ गर्नुपर्छ । पोतो छ भने मिन्ट फेस क्लिन्जर लगाउनुपर्छ । नर्मल छालालाई फ्रुट पल्प तथा ड्राई छालालाई एलोबेराले क्लिन गर्नुपर्छ । छाला ट्यान भएको छ भने लेक्टो क्लिनिङ तथा दूधले छाला सफा गर्दा प्रभावकारी परिणाम प्राप्त हुन्छ।

 Image