Successfully Copied

रुश्बी र गौरव बने सुपर मोडल कन्टेष्टका विजेता

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सुपर मोडल कन्टेष्ट प्रतियोगिताको दोस्रो संस्करणमा युवा तर्फ गौरव प्रभाष र युवतीतर्फ क्याटवाक र फ्रेन्ड्ली विधाको अवार्ड सहित रुश्बी प्रसाईंले मुख्य उपाधि जित्न सफल भएका छन् ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सुपर मोडल कन्टेष्ट प्रतियोगिताको दोस्रो संस्करणमा युवा तर्फ गौरव प्रभाष र युवतीतर्फ क्याटवाक र फ्रेन्ड्ली विधाको अवार्ड सहित रुश्बी प्रसाईंले मुख्य उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा मनोज थापा फोटोजेनिक र डिसिप्लीनको उपाधि सहित फस्ट रनर अप तथा क्याटवाक र फिटनेस अवार्ड सहित अतित लामा सेकेन्ड रनर अप विजेता चयन भएका छन् । युवती तर्फ ट्यालेन्ट अवार्ड सहित अनु क्षेत्री फस्ट रनर अप तथा फिटनेस अवार्ड सहित सुष्मिता थापा सेकेन्ड रनर अप विजेता चयन भए ।

रिबन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा संचालन भएको यस प्रतियोगितामा सन्देश महर्जन मष्ट पपुलर, मिष्टर ट्यालेन्ट र वेष्ट फिजिक, राजु तामाङ वेष्ट पर्सनालिटी, रिसुक सुवेदी मष्ट फ्रेण्डली, अनुप श्रेष्ठ मष्ट एक्टिभ, सुशांग श्रेष्ठ मष्ट कन्फिडेन्ट, वेष्ट फिगर र फेसबुक च्वाईस, सुदेश सञ्जु श्रेष्ठ मष्ट चार्मिङ र स्काई थापा मेनेजमेन्ट च्वाईस अवार्डका विजेता भए । युवती तर्फ भने जस्मिन श्रेष्ठ मष्ट पपुलर, मिस फोटोजेनिक र वेष्ट पर्सनालिटी, सरु सुवाल फेसबुक च्वाईस र अलीना चोखाल मेनेजमेन्ट च्वाईस अवार्डकी विजेता चयन भए । 

 Image