Successfully Copied

अहिले लाइट मेकअपको ट्रेन्ड चलेको छ

अहिले डेलीतर्फ लाइट मेकअप चलिरहेको छ जसमा लाइट फाउन्डेसन वा अनुहारमा दाग छैन भने बीबी क्रिममात्र प्रयोग गरिन्छ ।

विना राई मेकअप आर्टिस्ट, क्रिस्टल हेयर एन्ड ब्युटी स्टुडियो, लन्डन

अहिले कस्तो मेकअप ट्रेन्ड चलिरहेको छ ?

अहिले डेलीतर्फ लाइट मेकअप चलिरहेको छ जसमा लाइट फाउन्डेसन वा अनुहारमा दाग छैन भने बीबी क्रिममात्र प्रयोग गरिन्छ । पार्टी मेकअपमा भने हेबी मेकअप चल्तीमा छ जसमा फेसलाई कन्ट्रोल गर्ने वा हाइलाइट गर्ने ट्रेन्ड चलिरहेको छ ।

मेकअपमा कन्ट्रोलिङको काम के–के हुन्छ ?

सबैको अनुहार चिटिक्क मिलेको हुन्छ भन्ने छैन । कसैको नाक छोटो त कसैको लामो, कसैको निधार ठूलो, कसैको गाला मोटो आदि नमिलेको फेसकटलाई रिसेट गर्ने काम कन्ट्रोलिङले गर्छ ।

 

उमेरअनुसार मेकअप शैलीमा के–कस्तो फरक हुन्छ ?

टिनएजरदेखि मिडिल एज, प्लस चालीससम्मका मेकअप गर्दा मेकअप फरक–फरक प्रोडक्ट प्रयोग गर्नुपर्छ । टिनएजमा छाला कोमल तथा सुन्दर हुने भएकाले त्यति मेहनत गरिरहनुपर्दैन । फाउन्डेसन पनि प्रयोग नगरी मेकअप गर्न सकिन्छ । मिडिल एजका लागि फाउन्डेसन प्रयोग गर्ने । प्लस चालीसले आफ्नो दाग, धब्बा, तिल कोठी आदि छोप्न कलर करेक्सन लिक्विड वा प्यालेट प्रयोग गर्नुपर्ने हुन्छ ।

 

मेकअप गर्दा कुन कुरामा ध्यान पुर्‍याउनुपर्छ ?

सबैभन्दा पहिले दाग–धब्बा छ–छैन हेर्ने, दाग छ भने त्यसलाई छोप्न छालामा मोइस्चराइजर प्रयोग गर्नुपर्छ । त्यसपछि कलर करेक्सन रेड कलर स्किनमा अप्लाई गरी फाउन्डेसन लगाई सेटिङ पाउडरले सेटिङ गर्नुपर्छ । यो मेकअप गर्दा मज्जाले ब्लेन्डिङ गर्नुपर्छ । आँखाको मेकअप गरेर गाला, नाक र निधारलाई कन्ट्रोल प्यालेट प्रयोग गरी रिसेट गर्न सकिन्छ । रिसेट गर्दा एंकल ब्रसले अप एन्ड डाउन गर्दै बिस्तारै हलुकासँग सर्कुलर मोसनमा सेप दिनुपर्छ ।

अहिले कस्तो आइ मेकअप चलेको छ ?

अहिले स्मोकी आइ मेकअप बढी चलेको छ । धेरैलाई यो आर्यन आँखामा मात्र सुहाउँछ भन्ने लाग्छ तर हुडेड आइमा पनि स्मोकी मेकअप उत्तिकै आकर्षक देखिन्छ ।

लिप मेकअपमा चाहिँ कस्तो फेसन छ ?

ओठ सुन्दर बनाउन प्रशस्त पानी पिउनुपर्छ । मेकअप सुरु गर्नुअघि लिपबाम लगाएर मोइस्चराइजर प्रयोग गर्नुपर्छ जसले लिपिस्टिक राम्रोसँग बस्छ । अहिले म्याट लिपिस्टिक फेसनमा छ ।

 Image