Successfully Copied

पुरुषको साथ आवश्यक

आधुनिक महिलाका जिम्मेवारी पनि बढेका छन् । आधुनिक महिलाका लागि सिर्जित जिम्मेवारी जीवनकै ठूलो चुनौती बन्दै गएको छ ।

आधुनिक महिलाका जिम्मेवारी पनि बढेका छन् । आधुनिक महिलाका लागि सिर्जित जिम्मेवारी जीवनकै ठूलो चुनौती बन्दै गएको छ । केही वर्ष पहिलेसम्म परम्परा, मान्यता एवं संस्कारमा बाँधिएर निर्धारित परिधिभित्र रही धेरै कुरा सहेर बस्ने महिलाहरू हिजोआज त्यस्ता मान्यताबाट टाढिँदैछन् । यसैगरी तिमी नभए अरू कोही, यो नभए अरू केही भन्ने फर्मुलामा विश्वास राख्ने आजका महिला एउटै सम्बन्धमा बाँधिन वा रोकिन चाहँदैनन् ।

समाजमा बढ्दो सम्बन्धविच्छेदको प्रमुख कारण पनि महिलाहरूको अधैर्यता हो भन्न थालिएको छ । आम महिलाको मानसिकतामा आएको परिवर्तन, जागरुकता, आर्थिक रूपमा आत्मनिर्भर भएकाले स्वनिर्णयको क्षमता बढ्नु आदिलाई महिलाको धैर्य कम हुनुको कारक मानिएको छ ।

के हाम्रा आधुनिक महिला जिम्मेवारी पूरा गर्न नसक्ने भएकै हुन् त ? जिम्मेवारी बढेकै कारण चिडचिडेपन, इम्पेसन्स, फ्रस्टेसन तथा डिप्रेसनजस्ता समस्या बढ्दै गएका हुन् त ? यसको सजिलो उत्तर भनौं वा समाधानको उपाय के हुनसक्छ भने महिलालाई आधुनिक बनाउन पुरुषले पनि उत्तिकै साथ दिनुपर्छ । पुरुषहरूले महिलाको प्रगतिबाट आफूलाई हीन सम्झने तथा उनीहरूको कुरा काट्ने नभै सहयोगी भूमिका निर्वाह गर्नु आवश्यक छ अनि मात्र नेपाली महिलाहरू स्मार्ट रूपमा कार्यक्षेत्रमा खटिन सक्छन् ।

सुमिना रञ्जित, छाउनी, काठमाडौं

 Image