वर्षामा चारैतिर हिलो, पानी र मैलो देखिन्छ र पनि घरबाहिर निस्कनैपर्ने हुनसक्छ । कतिपय अवस्थामा घरबाहिर जाँदा पानी पर्छ र तल लगाएको कपडा खराब हुन्छ । यसबाट जोगिन केही कुरामा विचार पुर्याउनु राम्रो हुन्छ ।
वर्षामा चारैतिर हिलो, पानी र मैलो देखिन्छ र पनि घरबाहिर निस्कनैपर्ने हुनसक्छ । कतिपय अवस्थामा घरबाहिर जाँदा पानी पर्छ र तल लगाएको कपडा खराब हुन्छ । यसबाट जोगिन केही कुरामा विचार पुर्याउनु राम्रो हुन्छ ।
वर्षामा हल्का रंगका कपडा लगाउनु हुँदैन, तिनमा हिलो र माटोको दाग चाँडै लाग्छ, जुन साह्रै भद्दा देखिन्छ र सहज रूपमा जाँदैन । कपडामा माटोको दाग लागे सुकेपछि रगडेर माटो झार्नुपर्छ र साबुनले धुनुपर्छ ।
वर्षामा काँचो रंगको कपडा लगाउनु हुँदैन, कारण त्यस्ता कपडा भिज्दा रंग गएर बाटोमा असहज परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।
सिल्क, रेसमी, टिस्यु वा ती कपडा जसलाई ड्राइक्लिन गर्नुपर्ने हुन्छ तिनलाई वर्षामा लगाउनु हुँदैन । ती कपडा भिजेपछि शरीरमा टाँसिन्छन् अनि समस्या बढ्छ । बढी घेरा भएका एवं मोटो कपडाको स्कर्ट टप, जिन्स र सलवार सुट आदि पनि लगाउनु हुँदैन, कारण यी चाँडै सुक्दैनन् ।
कस्तो हुनुपर्छ शैली ?
गोल्डेन पोलिस एवं आर्टिफिसियल गहना प्रयोग गर्नु हुँदैन । छाला र फेन्सी जुत्ताको प्रयोग पनि उचित हुँदैन, कारण बिग्रने डर हुन्छ ।
टेलिकोट, एक्रेलिक र लिजिविजीका डार्क सेडका पहिरन लगाउनुपर्छ, कारण यी कपडा भिज्दा शरीरमा टाँसिदैनन् र दाग पनि देखिँदैन । कामकाजी महिलाले सिन्थेटिक साडीका साथ टु वाई टु रुबियाको ब्लाउजको साटो लिजिविजी वा टेरिकोट विद कटन मिक्स कपडाको ब्लाउज लगाउनुपर्छ । यी कपडा भिजे पनि शरीरमा टाँसिदैनन् र चाँडै सुक्छन् ।
कलेजका विद्यार्थीले वर्षामा स्कर्ट, डाँगरी वा बरमुडाका साथमा कटन टिसर्ट वा टप एवं नन डेनिम जिन्स लगाउनु उपयुक्त हुन्छ ।
गहनामा चाँदी, सुन वा अक्सिडाइज्ड नै प्रयोग गर्नुपर्छ, कारण यी वर्षाको पानीभिजे पनि बिग्रदैनन् ।
पानी एवं हिलोमा नचिप्लने, भिजे पनि चाँडै नबिग्रने जुत्तालाई प्राथमिकता दिनुपर्छ ।
कपडा अलिक माथि लगाउनुपर्छ, विशेषगरी बटम वेयरमा विचार पुर्याउनुपर्छ ।
वर्षामा वाटरप्रुफ घडी लगाउनुपर्छ । बाहिर जाँदा ब्यागमा सानो नेपकिन, टाबेल वा कपडाको रुमाल, टिस्यु पेपर, काइँयो एवं हल्काफुल्का वाटरप्रुफ सौन्दर्य प्रसाधन राख्नुपर्छ । ब्याग सुती वा छालाको भन्दा रेक्सिन वा नाइलनको राम्रो हुन्छ ।
नेपालमा महिला सहभागिता र नेतृत्वको विषय पटक–पटक उठ्छ । संविधानमै पनि हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । राजनीतिक परिवर्तनले हरेक क्षेत्रमा महिलाहरू सहभागी र सचेत भए पनि निर्णायक तहमा उपस्थिति भने न्यून छ ।