Successfully Copied

आमाबुवाले अति गर्नु ठीक होइन

हरेक आमाबुवामा आफ्ना सन्तानले प्रगति गरून् र अगाडि बढून् भन्ने चाहना हुन्छ । त्यसैले उनीहरूले आफ्ना सन्तानमाथि पूर्ण ध्यान दिन्छन् । सन्तानको सफलताका लागि समय–समयमा उनीहरूलाई गाली पनि गर्छन् ।

हरेक आमाबुवामा आफ्ना सन्तानले प्रगति गरून् र अगाडि बढून् भन्ने चाहना हुन्छ । त्यसैले उनीहरूले आफ्ना सन्तानमाथि पूर्ण ध्यान दिन्छन् । सन्तानको सफलताका लागि समय–समयमा उनीहरूलाई गाली पनि गर्छन् । यसले लक्ष्य प्राप्तिमा सहयोग पनि गर्छ । कतिपय आमाबुवा आफ्ना सन्तानको रुचि र इच्छालाई विचार नगरी उनीहरू पढाइ–लेखाइका साथै खेलकुद, नृत्य, संगीत आदि सबै कुरामा अगाडि रहून् भन्ने चाहना राख्छन् । तिनलाई आफ्ना बालबालिकाको रुचिको परवाहसमेत हुँदैन तर बालबालिकालाई तिनको रुचिअनुसार नै अघि बढ्न दिनुपर्छ । अरूका बालबालिकासित आफ्ना सन्तानको तुलना गर्नु ठीक होइन । परिवारका दुई बालबालिकाबीच पनि तुलना गर्नु ठीक होइन । एउटै परिवारका बालबालिकाबीच पनि समानता पाइँदैन । तिनको रुचि अलग–अलग हुन्छ । उनीहरू अलग–अलग क्षेत्रमा कुशल हुन्छन् । होइन भने उनीहरू हीनभावनाको सिकार हुन सक्छन् । आफ्ना बालबालिकाको रुचि एवं क्षमता पहिचान गरी त्यहीअनुरूप मार्गदर्शन गर्नु प्रत्येक आमाबुवाको दायित्व हो ।

असफलतामा बालबालिकाको समस्या बुझ्नुपर्छ र यथासम्भव त्यसको निराकरण गर्नुपर्छ । त्यसो त हरेक आमाबुवा आफ्ना बालबालिकाको शैक्षिक प्रगतिप्रति जागरुक छन् तर आफ्ना सन्तानको समस्या नबुझी तिनलाई रोकटोक गर्नु पनि ठीक होइन । त्यसै पनि आज पढाइका साथै व्यावहारिक ज्ञानको आवश्यकता पनि बढ्न थालेको छ र यही आधारमा उनीहरूको स्कुल रिपोर्ट तयार हुन्छ ।

करियरमा आज धेरै सम्भावना छ । यदि एक ठाउँमा असफल भए पनि अघि बढ्ने सबै ढोका बन्द हुँदैन । बालबालिकाको रुचि कुन क्षेत्रमा छ ? कुन विषयमा उसलाई राम्रो नम्बर प्राप्त हुन्छ । खेलकुद वा अरू क्रिएटिभ कुरामा उसको कति दख्खल छ, यी सबै कुरालाई ध्यानमा राख्न सके बालबालिकाले आफ्नो करियर छनोटमा सहजता प्राप्त गर्छन् । तिनलाई उचित सल्लाह दिनुपर्छ । भविष्यप्रति आश्वस्त गराउनुपर्छ । बालबालिकालाई उनीहरूको कमजोरीको अनुभूति नगराई सफलतातर्फ प्रेरित गर्नुपर्छ । उनीहरूका कमी–कमजोरीलाई हटाउने प्रयास गर्नुपर्छ अन्यथा बालबालिकाहरू कुण्ठित हुन सक्छन् ।

आमाबुवाले आफ्ना बालबालिकासित कुनै प्रकारको बचनमा बँँध्ने वा उसमा लोभ सिर्जना गर्ने काम गर्नु हुँदैन । बालबालिकाहरूको रुचिअनुसार नै विषय चयन गर्न मद्दत गर्नुपर्छ । घरको वातावरण बालबालिका अनुकूल बनाउनुपर्छ । यसबाट उनीहरूमा अध्ययनप्रति रुचि बढ्छ । बालबालिका अलिक बुझ्ने भएपछि उनीहरूलाई जिम्मेवारी अनुभव गराउनुपर्छ । आफ्नो परिवारको प्रतिष्ठा एवं सम्पन्नताको कुरा अघि ल्याएर राम्रो परिणामका लागि धम्क्याउनु वा बाध्य गराउनु हुँदैन । तिनलाई हौसला प्रदान गर्नुपर्छ, प्रोत्साहित गर्नुपर्छ । असफल भए पनि कुण्ठित तुल्याउनु हुँदैन बरू आगामी सफलताका लागि उत्साहित गर्नुपर्छ । उसमा सकारात्मक दृष्टिकोणको विकास गर्नुपर्छ, आत्मविश्वास जगाउनुपर्छ । कुनै पनि मानिस सर्वगुण सम्पन्न हुँदैन, अत: ऊ जस्तो छ, उसलाई त्यही रूपमा स्वीकार गर्नर्ुपर्छ । बालबालिकाको योग्यता र क्षमताको पहिचान गर्न सक्नुपर्छ । आफ्ना बालबालिकालाई सुखद् र अनुकूल वातावरणमा हुर्कन–बढ्न मद्दत गर्नु हरेक आमाबुवाको प्रमुख दायित्व हो ।

 Image