Successfully Copied

एउटै मञ्चमा तीन विजेता

पाँचौ ‘जुनियर ब्याटर–२०१७’ शुक्रबार छानिएका छन् । उमेर समुह अनुसार ‘जुनियर ब्याटर एन्जलस्’ (कक्षा १ र २), ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’ (कक्षा २ र ४) र ‘जुनियर ब्याटर किङ एण्ड क्विन’ (कक्षा ५ देखि ८ सम्म) गरि तीन क्याटवरीमा आयोजना गरिएको

पाँचौ ‘जुनियर ब्याटर–२०१७’ शुक्रबार छानिएका छन् । उमेर समुह अनुसार ‘जुनियर ब्याटर एन्जलस्’ (कक्षा १ र २), ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’ (कक्षा २ र ४) र ‘जुनियर ब्याटर किङ एण्ड क्विन’ (कक्षा ५ देखि ८ सम्म) गरि तीन क्याटवरीमा आयोजना गरिएको प्रतियोगीतामा तीन शिर्ष बिजेता छानिएका हुन् ।

कार्यक्रममा ‘जुनियर ब्याटर एन्जलस्’को शिर्ष उपाधि नाइटेङ्गल स्कुलकी निर्जला खड्काले चुम्दा फष्ट रनर अपको उपाधि नाइटेङ्गलकै आरुसी कडेल र सेकेन्ड रनर अपको उपाधि रेडियन्स रिडर स्कुलका दृश्या लामिछानेले हात पारे । त्यस्तै ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’को उपाधि भने सेन्टजेभिएर्स स्कुलका मोहित महर्जनले उठाए । लिलिट एन्जलस स्कुलकी जानवी भण्डारी र जनडुवे स्कुलका बिषेशता बुढाथोकीले यही शिर्षकको क्रमश फष्ट रनर अप र सेकेन्ड रनर अपको उपाधि हात पारे ।

कार्यक्रममा ‘जुनियर ब्याटर किङ एण्ड क्विन’को उपाधि भने नाइटेङ्गल स्कुलकी रिमा खनालले जितिन् । इन्द्र धनुस स्कुलकी एलिशा आचार्य र लिटिल एन्जलस स्कुलकी अनामीका कार्की यही उपाधि अन्र्तगत क्रमश फष्ट रनर अप र सेकेन्ड रनर अप घोषित भए । 

राजधानीको जमलस्थित राष्टिय नाचघरमा नयाा बर्षको भब्य कार्यक्रम सहित आयोजित प्रतियोगीतामा फेसन डिजाइनर उत्तम बनेपाली, नेपाल प्रहरीका डिएसपी सविन प्रधान, सौदर्यकर्मी सिता पाठक, कोरियोग्राफर प्रशान्त तामाङ, अभिनेत्री सुमिना श्रेष्ठ, संगीतकार अनिल शाही, अभिनेत्री बर्षा राउत, शिक्षाविद्ध रन्ञ्जन प्रधान, अधिवक्ता बिस्वास अचार्य लगायत निर्णायक रहेका थिए ।

गायिका समेत रहेकी प्रसंसा श्रेष्ठको कोरियोग्राफी रहेको प्रतियोगीता निस्पक्ष बिजेता छानिने बालबालीकाको सौदर्य प्रतियोगीता मध्य सबैभन्दा प्रतिस्ठित मानिएको छ । 

बौद्धिक मावलामा केही कमजोर देखिएका बालबालीकामा पनि अन्य ठुला ठुला ट्यालेन्ट लुकेको हुन्छ । ति प्रतिभालाई बाहिर ल्याउनु पर्छ भन्ने मनसायले जुनियर ब्याटल आयोजना गर्दै आएको आयोजक मिडिया ल्याण्डकी सिइयो प्रतिमा श्रेष्ठले बताइन् । प्रतियोगीमा दर्जन भन्दा बढी बिभिन्न शिर्षकमा विजेता समेत छान्ने गरिएको छ । 

 Image